ad ad

समाज


रूकुमपश्चिमबाट विभिन्न मुद्दामा फरार चार जना पक्राउ

रूकुमपश्चिमबाट विभिन्न मुद्दामा फरार चार जना पक्राउ

नेपालखबर
बैशाख २८, २०८० बिहिबार १९:२७, काठमाडौँ

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले विभन्नि मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्लाबाट खटिएको प्रहरी टोलीले रूकुमपश्चिम जिल्लाका विभिन्न स्थानबाट फरार प्रतिवादीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गलत नम्बर ९६६ नम्बरमा रहेको मुद्दामा चौरजहारी नगरपालिका–१ नाखिरा भन्ने स्थानमा बस्ने सिद्धान्त वि.क रहेका छन्। उनलाई दुई हजार पाँच सय जरिवाना तोकिएको छ।

यस्तै, लगत नम्बर १०६२ जबरजस्ति करणी उद्योग मुद्दामा फरार प्रतिवादी सानीभेरी गाउपालिका–१ चाईनाबगर बस्ने १९ वर्षीया प्रेमकला बोहरा, लगत नम्बर ९११ वालविवाह मुद्दामा सानीभेरी गाउपालीका–४ बस्ने ३४ वर्षीया टिका वि।क र लगत नम्बर ११८७ लागूऔषध मुद्दामा बाँफिकोट गाउपालिका–६ बस्ने ५० वर्षीया मिनाकुमारी शाहीलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीकाअनुसार फरार प्रतिवादी बोहरालाई  पाच हजार रूपैयाँ, टिकालाई तिन हजार र मिनाकुमारीलाई ३१ दिन कैद र दुई हजार जरिवाना तोकिएको थियो।

प्रहरीले उनीहरूलाई प्रकाउ गरि जिल्ला अदालत रूकुमपश्चिममा उपस्थित गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .