सुडानमा अप्रिल १५ यता त्यहाँको सैनिक र अर्धसैनिक समुहबीच युद्ध जारी छ। अहिलेसम्म
हालसम्म ५ बढीले युद्धमा ज्यान गुमाएका छन् भने ४ हजार बढी घाइते छन्। १५ दिन लामो लडाइँपश्चात् अन्तर्राष्ट्रिय समुदायको आह्वानपछि अघिल्लो सोमबारदेखि सुडानमा युद्धविराम जारी छ। तीनपटक युद्धविरामको समय थप्दै मंगलबारसम्म सुडानमा युद्धविराम १० दिन लम्बियो।
सुडानमा यसपछि युद्धविराम थप गरिन्छ वा गरिन्न भन्ने खुलेको छैन। तर यो १० दिनको बीचमा १ लाख बढीले सुडान छाडेका छन्।
संयुक्त राष्ट्रसंघले यस अवधिमा १ लाखभन्दा बढी मानिसले सुडान छाडेको र ३ लाख ३४ हजार विस्थापित भएको जनाएको छ।
राष्ट्रसंघले युद्धरत पक्षलाई वार्तामा ल्याउने प्रयास भइरहेको बताएको छ।
युद्धविराम लगाइए पनि त्यसको पूर्ण कार्यान्वयन भने भएको छैन। दुई पक्षबीच झडपको शृंखला जारी छ। हालसम्म युद्धमा ५ सय बढीले ज्यान गुमाएका छन् भने ४ हजार बढी घाइते छन्।
Shares

प्रतिक्रिया