ग्लोबल


अफगानिस्तान संकटबारे संयुक्त राष्ट्रसंघका प्रमुख र राजदूतबीच महत्वपूर्ण वार्ता

अफगानिस्तान संकटबारे संयुक्त राष्ट्रसंघका प्रमुख र राजदूतबीच महत्वपूर्ण वार्ता

नेपालखबर
बैशाख १७, २०८० आइतबार २१:५१, काठमाडौँ

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले अफगानिस्तानको तालिवान शासकलाई प्रभावमा पार्ने उपाय खोज्न सोमबार दोहाको कुनै (गोप्य) स्थानमा अन्तर्राष्ट्रिय कुटनीतिज्ञहरू भेला हुने भएका छन्।

संयुक्त राष्ट्रसङ्घले विश्वकै सबैभन्दा ठूलो मानवीय सङ्कटका रूपमा लिएको , तालिबान प्रशासनले विद्यालय जाने बालिका र अधिकांश महिलालाई संयुक्त राष्ट्रसंघीय निकायका लागिसमेत काम गर्नबाट रोक्ने कदमले विवादलाई थप चर्चामा ल्याएको छ।
 
सन् २०२१ को अगष्टमा सत्ता फिर्ता लिएको तालिबान सरकार करिब २५ देश र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिसँगको वार्तामा अनुपस्थित रहने कूटनीतिज्ञहरूले बताएका छन्।

वार्ताअघि महिलाहरूको एउटा सानो समूहले शनिबार काबुलमा तालिबान सरकारलाई अन्तर्राष्ट्रिय मान्यता दिएको विरोधमा प्रदर्शन गरेको थियो। तर संयुक्त राष्ट्रसङ्घ र पश्चिमा शक्तिहरू यस विषयमा छलफल नहुने अडानमा छन्।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले भने, ‘तालिबानलाई कुनै पनि प्रकारको मान्यता दिनु पूर्णतया वार्ताको टेबलभन्दा बाहिरको बिषय बनेको छ।’

तालिवान नेतृत्व सहभागीको सूचीमा नरहेको पुष्टि गर्नुका साथै संयुक्त राष्ट्रसङ्घले कतारको राजधानीमा रहेको स्थान वा गुटेर्रेससहित को को सामेल हुने भन्नेबारे कुनै जानकारी दिन अस्वीकार गरेको छ।

तालिबानका शरणार्थी उपमन्त्री मोहम्मद अरसाला खरोतीले आइतबार भने, छयस्ता बैठकबाट कुनै परिणाम आउँदैन।’

‘जबसम्म उनीहरूले तालिबान शासित अफगानिस्तान (इमिरेट्स) सँग उचित सम्बन्ध स्थापित गर्दैनन् र इमिरेट्सको प्रतिनिधित्व हुँदैन, तबसम्म यी बैठकहरू धेरै हदसम्म सफल हुने छैनन्,’ उनले काबुल विमानस्थलमा एएफपीसँग भने।

दोहामा संयुक्त राष्टसङ्घका महासचिवले अफगानिस्तानमा अन्तराष्ट्रिय निकायको महत्वपूर्ण राहत अभियानको समीक्षाबारे पनि अद्यावधिक जानकारी दिने कार्यक्रम छ, जुन अधिकारीहरूले अफगान महिलाहरूलाई संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरूसँग काम गर्नबाट रोकेपछि अप्रिलमा आदेश दिइएको कूटनीतिज्ञहरूले बताएका छन्।

संयुक्त राष्ट्रसङ्घले तीन करोड ८० लाख जनसङ्ख्या भएको देशमा आफ्नो विशाल अभियानलाई कायम राख्ने वा नराख्ने भन्ने विषयमा ‘डरलाग्दो छनौट’ को सामना गर्नु परेको बताएको छ।

युक्रेन युद्ध र अन्य विश्वव्यापी तनावका कारण विभाजित संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का शक्तिहरूले बिहीबार अफगान महिला र बालिकाहरूमाथि लगाइएको प्रतिबन्धको भत्र्सना गर्न एकजुट भएका छन् र सबै देशहरूलाई नीतिहरू ‘तत्काल उल्टाउन’ आग्रह गरेका छन्।

अफगानिस्तानको विदेश मन्त्रालयले उक्त आह्वानलाई अस्वीकार गर्दै प्रतिबन्ध ‘अफगानिस्तानको आन्तरिक सामाजिक मामिला’ भएको बताएको छ।

स्वतन्त्र गैरसरकारी संस्था इन्टरनेसनल क्राइसिस    ग्रुपका लागि संयुक्त राष्ट्रसङ्घका विज्ञ रिचर्ड गोवनले संयुक्त राष्ट्रसङ्घ ‘अफगानिस्तानको पासोमा फसेको’ बताए। रासस÷एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad