ग्लोबल


तीन सन्तानलाई झुन्ड्याएर मारेपछि आमाले गरिन् आत्महत्या

तीन सन्तानलाई झुन्ड्याएर मारेपछि आमाले गरिन् आत्महत्या

प्रतिकात्मक तस्बिर


नेपालखबर
बैशाख १७, २०८० आइतबार १४:१४, गया (विहार)

भारतको विहार राज्यस्थित गया जिल्लामा एक महिलाले आफ्ना तीन सन्तानलाई झुन्ड्याएर मारेपछि आत्महत्या गरेकी छन्। जिल्लाको मग्रा क्षेत्रकी मातली देवीले शनिबार आफ्ना तीन जना बालबच्चाको झुन्ड्याएर हत्या गरेपछि आत्महत्या गरेकी प्रहरीले जनाएको छ। 

प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार पतिले सताएपछि उनले पहिले आफ्ना नानीलाई मारेर आत्महत्या गरेकी हुन्। छिमेकीरूले पनि मालतीको आत्महत्याको कारण उनका श्रीमान् नै भएको बताएका छन्। घरायसी तनावका कारण मालती आत्महत्याको बाटो रोज्न विवश भएकी उनीहरूको भनाइ छ। मालतीका पतिलाई पक्राउ गरेर अनुन्धान थालिएको छ। 

ब्युटिपार्लर जान नपाउँदा आत्महत्या

यसैबीच, गत बिहीबार मध्यप्रदेशको इन्दोरकी ३४ वर्षीया एक महिलाले आत्महत्या गरेकी छन्। आफूलाई श्रीमान्‌ले ब्युटिपार्लर जाने अनुमति नदिएपछि उनले आत्महत्या गरेकी प्रहरीले जनाएको छ। पन्ध्र वर्षअघि बलराम यादवसँग विवाह बन्धनमा बाँधिएकी रीनालाई बलरामले ब्युटिपार्लर नजानू भनेका थिए। 

रीनाले ब्युटिपार्लर जान अनुमति माग्दा बलरामले त्यसलाई अस्वीकार गरेका अनुसन्धान अधिकृत उमाशङ्कर यादवले बताएका छन्। बिहीबार साँझ कामबाट घरफर्केका बलरामले रीनालाई कोठामा झुन्डिएको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad