ad ad

ग्लोबल


सुडान युद्ध सिरिया र लिबियाभन्दा खतरनाक हुनसक्ने चेतावनी

सुडान युद्ध सिरिया र लिबियाभन्दा खतरनाक हुनसक्ने चेतावनी

सुडानका पूर्वप्रधानमन्त्री अबदुल्ला हमडोक


नेपालखबर
बैशाख १७, २०८० आइतबार ७:३६, काठमाडौँ

उत्तरपूर्वी अफ्रिकी मुलुक सुडानमा विगत १५ दिनदेखि (१५ अप्रिलयता) द्वन्द्व चर्किरहेको छ। त्यहाँको सेना र अर्धसैनिक समुहबीच युद्ध चलिरहेको छ। 

सुडानको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म त्यहाँ ५२८ जनाभन्दा बढीको हत्या भइसकेको छ। ४ हजार ५९९ घाइते छन्।

तीन दिनको युद्धबिरामपछि त्यहाँ पुन: बिहीबारदेखि युद्धबिराम थपिएको छ। तर युद्धबिराम पनि पूर्ण रूपमा लागू भने हुन सकेको छैन।

युद्ध लम्बिँदै गए त्यहाँको अवस्था सिरिया र लिबियाभन्दा खतरनाक हुनसक्ने चेतावनी पूर्वप्रधानमन्त्री अबदुल्ला हमडोकले दिएका छन्।

युद्ध जारी रहे विश्वका लागि त्यो दु:स्वप्न साबित हुने उनले बताएका छन्।

केन्याको राजधानी नैरोबीमा आयोजित एक सम्मेलनमा बोल्दै उनले दुई पक्षबीच शान्ति वार्ता गराउन उनले अन्तर्राष्ट्रिय समुदायलाई आह्वान ुसमेत गरे।

'यो सेना र सानो विद्रोही समुहबीचको लडाइँ होइन, यो दुई सैनिकबीचको लडाइँ हो र दुवै पक्षसँग आधुनिक हतियार तथा राम्रो प्रशिक्षण छ,' उनले भने 'मलाई लाग्छ यसलाई नरोके विश्वका लागि यो एक दु:स्वप्न हुनेछ।

हमडोक सन् २०१९ देखि २०२२ सम्म सुडानको प्रधानमन्त्री थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .