ad ad

अपराध


निरुको हत्या आरोपमा एक बाउन्सर पक्राउ

निरुको हत्या आरोपमा एक बाउन्सर पक्राउ

फाइल तस्बिर : निरु भन्ने नीरा पाण्डे


नेपालखबर
बैशाख १७, २०८० आइतबार ७:३९, काठमाडौँ

काठमाडौँको कपनस्थित सरस्वतीनगरमा भएको निरु भन्ने नीरा पाण्डेको हत्यामा संलग्न आरोपमा प्रहरीले एकजना बाउन्सरलाई पक्राउ गरेको छ। 

प्रहरीको उच्च स्रोतले नेपालखबरलाई दिएको जानकारीअनुसार विनोद विक नाम गरेका बाउन्सरलाई प्रहरीले झापाबाट पक्राउ गरेको हो। उनलाई आजै काठमाडौँ ल्याउने तयारी भइरहेको स्रोतले जनाएको छ। 

अभियुक्त विक काठमाडौँमा बाउन्सरको काम गर्थे। नीराको हत्यापछि उनी भागेर झापा पुगेको प्रहरी उच्च स्रोतको भनाइ छ। 

कपनस्थित सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्ने निरुको यही वैशाख ७ गते दिउँसै पसलमै हत्या भएको थियो। उनको शरीरका झन्डै २० ठाउँमा चक्कु रोपिएको थियो। 

घटनामा संलग्न पहिचान हुन नसक्दा यसबीच प्रहरीले ५/७ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो।

अहिले भने निरुको हत्या बाउन्सर विनोद विकले गरेको निचोडमा प्रहरी पुगेको हो। 

अभियुक्तका विषयमा प्रहरीले विस्तृत विवरण खुलाइसकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .