ad ad

ग्लोबल


भारतको छत्तीसगढमा नक्सलवादीको आक्रमण, १० जना प्रहरी मारिए

भारतको छत्तीसगढमा नक्सलवादीको आक्रमण, १० जना प्रहरी मारिए

नेपालखबर
बैशाख १३, २०८० बुधबार १७:५२, काठमाडौँ

भारतको छत्तीसगढ राज्यस्थित दन्तेवाडा जिल्लामा बुधबार नक्सलवादीको आक्रमणमा परेर १० जना प्रहरी मारिएका छन्। 

नक्सलवादीको हमलामा डीआरजी (जिला रिजर्भ गार्ड) का १० जना जवान मारिएका हुन्। यो घटनामा एकजना ड्राइभर पनि परेका छन्। 

जिल्लाको अरनपुर थाना क्षेत्रमा नक्सलवादीले प्रहरीको गाडीलाई एम्बुसमा पारेका थिए। सुरक्षाकर्मीको यो गाडी बर्षातका कारण फसेका अन्य सुरक्षाकर्मीको उद्धारमा जाँदै थिए। 

यसक्रममा नक्सलवादीले हानेको घरेलु विस्फोटक पदार्थ ठूलो आवाजसहित पड्किएको थियो। विस्फोटमा पुलिस सवार गाडी हावामा उडेको थियो।

यो हमला दन्तेवाडा जिल्लाको अरनपुर थाना क्षेत्रमा अरनपुर-समेलीबीचको सडकमा भएको हो। यहाँ पुलिस र नक्सलवादीबीच मुठभेट पनि भएको छ।

यही क्रममा नक्सलवादीहरुले पुलिसको गाडीमा बम फ्याकेका थिए। ५० किलोको घरेलु बम विस्फोटपछि गाडी क्षतविक्षत भएको छ।

त्यसमा सवार प्रहरी जवानहरुको शव पनि टुक्रा टुक्रा भएको अवस्थमा पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विस्फोट भएको ठाउँमा १२ फिट गहिरो खाडल परेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .