ad ad

समाज


ट्याक्सीमा छुटेको सुन चाँदीसहितको झोला ट्राफिक प्रहरीको सक्रियतामा फिर्ता

ट्याक्सीमा छुटेको सुन चाँदीसहितको झोला ट्राफिक प्रहरीको सक्रियतामा फिर्ता

नेपालखबर
बैशाख १३, २०८० बुधबार १८:१, काठमाडौँ

काठमाडौंमा ट्याक्सी चढ्दा छुटेको सुन चाँदीसहितको झोला ट्राफिक प्रहरीको सक्रियतामा फिर्ता भएको छ।

बुधबार १०ः३० बजेको समयमा तिनकुनेदेखि नरदेवीसम्म यात्रा गर्ने क्रममा बा १ ज ७०६९ नम्बरको भाडाकारमा सुरेश विश्वकर्माको ८० तोला बराबरको चाँदीका गहना, ८० लाल बराबरको सुनका गहना र लत्ताकपडा सहितको झोला छुटेको थियो।

सुरेशले दिएको लिखित निवेदनको आधारमा खोजतलास गरी ट्राफिक प्रहरीले भाडाकार चालकको साथबाट झोला फेला पारेको हो।

उक्त सामानहरू सहितको झोला ट्राफिक प्रहरीले आजै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .