ग्लोबल


पर्ल हार्बरमा डुबेको जहाजका अन्तिम दुई जीवितमध्ये एकको मृत्यु

पर्ल हार्बरमा डुबेको जहाजका अन्तिम दुई जीवितमध्ये एकको मृत्यु

नेपालखबर
बैशाख ११, २०८० सोमबार २१:९,

पर्ल हार्बर आक्रमणमा बचेका अन्तिम दुई व्यक्तिमध्ये एक जनाको १०२ वर्षको उमेरमा मृत्यु भएको छ। उनीहरु चढेको युद्धपोत १९४१ मा जापानी आक्रमणमा परी डुबेको थियो।

युटाका बासिन्दा हावर्ड केन्टन पट्स त्यतिबेला २० वर्षका थिए। यूएसएस एरिजोना नामक सो जहाजमा ७ डिसेम्बर १९४१ मा आक्रमण हुँदा उनी क्रेन अपरेटरका रुपमा कार्यरत थिए।

आक्रमण सुरु भएपछि उनले डुंगामा नाविकहरुको उद्धार सुरु गरे। आक्रमण सुरु भएको नौ मिनेटमै जहाज डुब्यो। त्यतिबेला उनी बन्दरगाहमै थिए।

सो जहाजमा रहेका १ हजार १७७ नाविक मारिए। सो आक्रमणलगत्तै अमेरिका दोस्रो विश्वयुद्धमा होमियो।

सो आक्रमणबाट बचेर फर्केका पट्सको अहिले आफ्नै घरमा मृत्यु भएको जनाइएको छ।

उनी अमेरिकी नौसेनामा १९३९ मा भर्ती भएका थिए।

२०२१ मा एक अन्तर्वार्ता दिँदै उनले सो आक्रमणको घटना सपनामा देखिरहने बताएका थिए।

एरिजोना युद्धपोतबाट फर्केकामध्ये अब व्यक्ति मात्र जीवित छन्। क्यालिफोर्नियाका लु कोन्टर १०१ वर्ष पुगे। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .