राजनीति


अन्तिम चरणमा तनहुँ–१ को मतगणना, राष्ट्रपतिको वडामा कांग्रेसभन्दा रास्वपा दोब्बर मतले अघि

अन्तिम चरणमा तनहुँ–१ को मतगणना, राष्ट्रपतिको वडामा कांग्रेसभन्दा रास्वपा दोब्बर मतले अघि

नेपालखबर
बैशाख ११, २०८० सोमबार २१:१७, काठमाडौँ

प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को मतगणना अन्तिम चरणमा पुगेको छ। 

अहिलेसम्म यहाँ ३३ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ। अहिले ब्यास नगरपालिका–२ को मतगणना भइरहेको हो। यो राष्ट्र रामचन्द्र पौडेलको मतदाता नामावली भएको वडा पनि हो। 

गत ४ मंसिरमा यही क्षेत्रबाट निर्वाचन पौडेल राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन भएको थियो। 

यो वडामा राष्ट्रिय स्वतन्त्र पार्टीले दोब्बर बढी मत प्राप्त गरेको छ। यो वडाको १ हजार ७ सय ३९ मतमध्ये नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५५० मत प्राप्त गरेका छन्। 

यो राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १ हजार ७६ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले भने ७१ मत प्राप्त गरेका छन्। 

पछिल्लो मतपरिणाम अनुसार वाग्लेले २५ हजार १ सय ४१ मत प्राप्त गरेका छन्। 

वाग्लेलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १४ हजार ४ सय ६२ मत प्राप्त गरेका छन्। 

३३ वटा वडाको मतगणना सम्पन्न हुँदा ४८ हजार २६२ मत गणना भइसेकेको छ। 

यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ७ हजार ९१ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad