ग्लोबल


यमनको हुदैदाह बन्दरगाहनजिकै जहाजमा आक्रमण

यमनको हुदैदाह बन्दरगाहनजिकै जहाजमा आक्रमण

नेपालखबर
असार २२, २०८३ सोमबार ५:२६, काठमाडौँ

बेलायतको समुद्री व्यापार सञ्चालन एजेन्सी (यूकेएमटीओ) ले यमनको हुदैदाह बन्दरगाह नजिकै कार्गो जहाजमा आक्रमण भएको रिपोर्ट प्राप्त भएको बताएको छ।

बेलायती नौसेनाका अनुसार कार्गो जहाजले हुदैदाह बन्दरगाहबाट लगभग ३० समुद्री माइल दक्षिणपश्चिममा आपत्‌कालीन सन्देश पठाउँदै अज्ञात आक्रमणकारीले आक्रमण गरेको बताएको छ। 

एजेन्सीले अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेको र जहाजलाई सावधानीपूर्वक यात्रा गर्न र शंकास्पद गतिविधि देखिए रिपोर्ट गर्न चेतावनी दिइएको बताएको छ।

यसैबिच यमन सरकारले (अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त) ले हुदैदाह बन्दरगाहको दक्षिणमा रहेको हुथी विद्रोहीले गरेको आक्रमणमा आफ्ना १४ सैनिक मारिएको बताएको छ।

यमन सरकारसँग सम्बद्ध एक सैन्य अधिकारीले एएफपीलाई बताएअनुसार सरकारी सेनाले शनिबार धेरै घण्टाको लडाइँपछि हुदैदाहको दक्षिणमा रहेको हाइस क्षेत्रमा हुथी विद्रोही आक्रमणलाई विफल पारेको छ। 

अधिकारीले धेरै जना हुथी लडाकु पनि मारिएको वा घाइते भएको बताएका छन्। तर एकिन संख्या दिएनन्।

इरान समर्थित हुथी विद्रोहीले साउदी अरेबियामा आक्रमण गर्ने धम्की दिएको एक दिनपछि झडप भएको हो। 

हुथी विद्रोहीले साउदी अरेबियाले इरानी विमानलाई यमनमा अवतरण गर्नबाट रोक्न खोजेको आरोप लगाएको छ।

साउदी अरेबियाले यमन सरकारलाई समर्थन गर्छ। यमन सरकारले इरानलाई आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad