ad ad

ग्लोबल


अमेरिकाको एक विद्यालयमा गोली चल्यो, तीन बालबालिकासहित ७ जनाको मृत्यु

अमेरिकाको एक विद्यालयमा गोली चल्यो, तीन बालबालिकासहित ७ जनाको मृत्यु

नेपालखबर
चैत १४, २०७९ मंगलबार ८:११, काठमाडौँ

अमेरिकाको टेनेसी राज्यको नासभिलमा रहेको एक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित ७ जनाको मृत्यु भएको छ।

गोली लागेर एभेलिन डाइक्हस, हेली स्कर्ज र विलियम किन्नीको मृत्यु भएको छ। यी तीन जना ९ वर्ष मुनिका बालबालिका हुन्।

यसैगरी तीन शिक्षक किनिथिया पिक (६१), माइक हिल (६१) र डा. क्याथेरिन कुन्सी (६०) मारिएका छन्।

प्रहरीको जवाफी कारबाहीमा २८ वर्षीय आक्रमणकारी अड्रे हेलको पनि मृत्यु भएको छ। आक्रमणकारी समलिङ्गी भएको प्रहरीले जनाएको छ। उनले विद्यालयमा अन्धाधुन्ध गोली चलाएका थिए।

गोलीबारी भएको विद्यालय न्यासभिलको एउटा निजी विद्यालय हो जहाँ ११ वर्षसम्मका बालबालिका पढ्छन्। विद्यालयमा २ सय विद्यार्थी अध्ययनरत छन्।

यो आक्रमणपछि अमेरिकामा बन्दुक राख्ने कानुनमा परिवर्तन गर्नुपर्ने भन्दै फेरि एकपटक पुरानै बहस चर्चामा आएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनामा संलग्नलाई कारवाही गर्ने बताएका छन्।

घटनाप्रति दुःख व्यक्त गर्दै अमेरिकी राष्ट्रपतिले बाइडेनले मार्चको अन्त्यसम्ममा राष्ट्रिय झण्डा आधा झुकाउन निर्देशन दिएका छन्।

विद्यालय नजिकै बस्ने एक महिला क्याथीले स्थानीय सञ्चारमाध्यमलाई भनिन्, 'बन्दुक पड्किएपछि आठ वा दश प्रहार निकै चर्को थिए। विद्यालय हाम्रो घरबाट दुई ब्लक मात्र टाढा छ। यो निकै दुखद हो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .