ad ad

बागमती


बागमती प्रदेशसभा बैठक बस्दै

बागमती प्रदेशसभा बैठक बस्दै

फाइल।


नेपालखबर
माघ २६, २०७९ बिहिबार १३:१०, काठमाडौँ

बागमती प्रदेश सभाको आठौं बैठक आज बस्दैछ। प्रदेश सभा सचिव कृष्णहरि खड्काले दिउँसो १ः०९ मा बैठक बोलाइएको बताए। 

प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएर आठौं बैठक सम्म आइपुग्दा पनि प्रदेश सभाका सांसदहरुले विजनेस पाउन नसकेको गुनासो सांसदहरुले गर्न थालेका छन्। 

यहि माघ २२ गते आइतबार सातौं बैठक बसेको थियो। २३ गते सोमबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो। 

सत्तापक्ष र प्रतिपक्ष दुवैले संसदीय समितिमा दावी नछोडेपछि सोमबार २ पटक बसेको सर्वदलीय बैठक निष्कर्षविहीन बन्दा प्रदेश सभा बैठक बस्न सकेको थिएन।

आजको बैठक दुई चरणमा बस्ने तयारी रहेको सचिव खड्काले नेपालखबरलाई जानकारी दिए।

उनका अनुसार पहिलो बैठकमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्तव्य राख्ने कार्ययोजना तयार भएको छ भने दोस्रो चरणको बैठकमा धन्यवादको प्रस्ताव पारित हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .