ग्लोबल


पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

फाइल तस्बिर


नेपालखबर
माघ २२, २०७९ आइतबार १३:२७, काठमाडौँ

पाकिस्ताका पूर्व सेना प्रमुख तथा पूर्व राष्ट्रपति परवेज मुसर्रफको निधन भएको छ। 

पाकिस्तानी सेनाले‍ यसको पुष्टि गरेको छ। पाकिस्तानी सेनाले मुसर्रफको आत्माको शान्तिको कामना गरेको छ। 

समाचार एजेन्सी रोयटर्सका अनुसार ७९ वर्षीय मुसर्रफको लामो समयदेखिको बिरामीका कारण दुबईको एक अस्पताल निधन भएको छ। 

उनको दुबईकोअस्पतालमा उपचार भइरहेको थियो। परवेज मुसर्रफ २० जुन २००१ देखि १८ अगस्ट २००८ सम्म पाकिस्तानको राष्ट्रपति बनेका थिए।

मे २०१६ मा पाकिस्‍तानको अदालतले देशद्रोहको आरोप सामना गरिरहेका उनलाई भगौडा घोषित गरेको थियो। त्यसपछि उनी दुबई गएका थिए।

मुसर्रफ कयौँ महिनादेखि अस्पतालमा भर्ती थिए। जुन २०२२ मा उनको परिवारले ट्विटरमा जानकारी दिँदै उनको तस्बिर सार्वजनिक गरेको थियो। त्यति बेलै उनको परिवारले उनी निको हुने सम्भावना कम रहेको जनाएको थियो। 

उनलाई गत वर्ष एमिलोयडोसिस नामको एक जटिल रोग लागेको खुलेको थियो। यस रोगका कारण मानिसको शरीरका अंग निष्क्रिय हुन थाल्छन्। 

बेलायतको स्वास्थ्य विभाग (एनएचएस) का अनुसार, एमिलोयडोसिस एक यस्तो रोग हो, जसले मानिसको शरीरमा एक प्रकारको प्रोटिनको वृद्धिका कारण हुन्छ, जसलाई अमिलोयड भनिन्छ। 

विशेषज्ञका अनुसार यस प्रोटिनको अधिक मात्रा मानिसको शरीरलाई हानिकारक हुन्छ। यसले मानिसका अंग काम गर्न बन्द गरिदिन सक्छ।

मुसर्रफका परिवारले यसअघि उनले पाकिस्तान आउन चाहेको बताएका थिए। तर पाकिस्तानमा यो रोगको औषधि पाउन सम्भव थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad