ad ad

ग्लोबल


महिला शिष्यलाई बलात्कार गरेको अर्काे मुद्दामा आसारामलाई जन्मकैद सजाय

महिला शिष्यलाई बलात्कार गरेको अर्काे मुद्दामा आसारामलाई जन्मकैद सजाय

फाइल फाेटाे : आसाराम


नेपालखबर
माघ १७, २०७९ मंगलबार १७:५०, काठमाडौँ

गान्धीनगरको एक अदालतले मंगलबार आसारामलाई बलात्कारको मुद्दामा आजीवन कारावासको सजाय सुनाएको छ।

सन् २०१३ को उक्त मामिलामा गान्धीनगर अदालतले सोमबार आसारामलाई आफ्नी पूर्वमहिला शिष्यलाई बलात्कार गरेकोमा दोषी ठहर गरेको हो। 

गान्धीनगरको सत्र अदालतका न्यायाधीश डीके सोनीले सजायबारेको बहसपछि मंगलबार यो फैसला सुनाएका हुन्।

आसारामविरुद्ध सन् २००१ देखि २००६ सम्म मोटेरा आश्रममा बसेकी सुरतकी एक महिला शिष्यलाई धेरै पटक बलात्कार गरेको मुद्दा लागेको थियो। उनीविरुद्ध पीडित महिलाले सन् २०१३ मा मुद्दा दायर गरेकी थिइन्।

८१ वर्षीय आसाराम अहिले जोधपुर जेलमा छन् जहाँ उनी अर्को बलात्कारको मुद्दामा आजीवन काराबास भोगिरहेका छन्। यो घटना पनि सन् २०१३ कै हो। त्यसमा पनि उनी राजस्थानस्थित आफ्नो आश्रममा नाबालिग बालिकालाई बलात्कार गरेको मुद्दामा दोषी ठहर भएका थिए। बीबीसी हिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .