सन नेपाल लाइफ इन्स्योरेन्सले गत शुक्रबार आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई दाबी भुक्तानी गर्ने भएको छ।
कम्पनीले आचार्यको परिवारलाई ५० लाख बीमादाबी भुक्तानी गर्ने भएको हो।
कम्पनीका सूचना अधिकारी प्रदिप गौतमका अनुसार बीमा सम्झौताअनुसार बीमितले पाउने पैसा आफूहरुले कहिल्यै पनि नरोक्ने गरेको बताउँदै स्वर्गीय आचार्यको परिवारले पनि ५० लाख रुपैयाँ दाबी भुक्तानी पाउने बताए।
‘उहाँको तेस्रो वर्षको किस्ता भुक्तानी भएको छैन’, उनले भने, ‘बाँकी किस्ताको पैसा कट्टा गरी भुक्तानी गर्छौं।’
तर, हालसम्म दाबी प्रक्रिया भने सुरु भएको छैन। दाबी भुक्तानी गर्न पत्राचार गरेको उनले जानकारी दिए। उनको परिवारले दाबी गरिसकेपछि भुक्तानी गर्ने उनको भनाइ छ।
717
Shares
प्रतिक्रिया