ad ad

ग्लोबल


रुसले युक्रेनमा गर्‍यो नयाँ मिसाइल आक्रमण, १२ जनाको मृत्यु

रुसले युक्रेनमा गर्‍यो नयाँ मिसाइल आक्रमण, १२ जनाको मृत्यु

नेपालखबर
माघ १, २०७९ आइतबार ९:०, काठमाडौँ

रुसले शनिबार युक्रेनका विभिन्न स्थानमा नयाँ मिसाइल आक्रमण गरेको छ। पूर्वी सहर निप्रोस्थित अपार्टमेन्ट ब्लकमा भएको आक्रमणमा १२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। 

यसबाहेक किभ, खार्किभ, ओडेसाजस्ता अन्य सहरमा पनि आक्रमणहरूभएको जनाइएको छ। 

युक्रेनका धेरैजसो सहरमा विद्युत आपूर्ति स्रोतमा आक्रमण गरिएका कारण विद्युत् सेवा बन्द भएको छ। 

निप्रोको अपार्टमेन्टमा आक्रमणपछि रातभर उद्धार कार्य गरी भग्नावशेष हटाइयो।

यसअघि बेलायतले युक्रेनलाई सहयोगस्वरूप च्यालेन्जर–२ ट्यांक दिन लागेको बताएको थियो।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले उक्त ट्यांकमार्फत युक्रेनलाई रुसी सेनालाई पछाडि धकेल्न मद्दत गर्ने दाबी गरेका थिए। 

यसअघि शनिबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमी मित्र राष्ट्रले युक्रेनलाई हतियार दिए मात्र रुसको आक्रमण रोक्न सकिने बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .