ग्लोबल


राष्ट्रपतिको खुट्टा छुन खोज्दा इन्जिनियरको जागिर गयो!

राष्ट्रपतिको खुट्टा छुन खोज्दा इन्जिनियरको जागिर गयो!

नेपालखबर
पुस ३०, २०७९ शनिबार ९:२२, काठमाडौँ

राष्ट्रपतिको सुरक्षा प्रोटोकल तोडेको आरोपमा राजस्थानमा एक इन्जिनियरलाई शुक्रबार निलम्बन गरिएको छ।

जुनियर इन्जिनियर अम्बा सियोलले जनवरी ४ मा एक कार्यक्रममा राष्ट्रपति द्रौपदी मुर्मुको खुट्टा छुन खोजेकी थिइन्।

गृह मन्त्रालयको हस्तक्षेपपछि जनस्वास्थ्य इन्जिनियरिङ विभागले इन्जिनियरलाई निलम्बन गरेको हो।

आदेशमा भनिएको छ, ‘कनिष्ठ इन्जिनियर अम्बा सिओलले जनवरी ४ मा रोहतमा स्काउट गाइड जाम्बोरीको उद्घाटन कार्यक्रममा राष्ट्रपतिको खुट्टा छुने प्रयास गरे। त्यसैले राजस्थान निजामती सेवा नियमअन्तर्गत तत्काल प्रभावबाट निलम्बन गरिएको छ।’

सियोलको कार्यक्रममा अम्बाले पानीको व्यवस्था हेर्दै थिइन्। तर, राष्ट्रपतिको सुरक्षा घेरा तोड्दै उनी राष्ट्रपतिलाई स्वागत गर्न उभिएका अधिकृतसम्म पुगिन्। उनले अचानक अगाडि बढेर राष्ट्रपतिको खुट्टा छुन खोजिन् तर सुरक्षाकर्मीले रोके। बीबीसी हिन्दीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad