ग्लोबल


१५ चरणको चुनावपछि अमेरिकामा सभामुख चयन

१५ चरणको चुनावपछि अमेरिकामा सभामुख चयन

नेपालखबर
पुस २३, २०७९ शनिबार १३:४१, काठमाडौँ

१५ चरणको चुनावपछि अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले सभामुख पाएको छ। रिपब्लिकन पार्टीका केभिन मेकार्थी सभामुख चुनिएका हुन्। 

सभामा रिपब्लिकन पार्टीको बहुमत हुँदाुहुँदै पनि उनलाई निर्वाचित हुन ठूलो संघर्ष गर्नुपर्यो। आफ्नै पार्टीका सांसदहरुले मत नदिँदा चार दिनसम्म पटकपटक उनको प्रयास असफल भएको थियो।

चौधौँ चरणको निर्वाचनपछि मेकार्थीका समर्थक सांसद र विपक्षी सांसदहरुबीच झण्डै कुटाकुट भएको थियो। 

शुक्रबार मेकार्थीलाई मत नदिने अडान राखेका ६ जनाले आफ्नो अडान छाडेपछि उनको चुनाव सम्भव भएको हो।

अमेरिकी तल्लो सदनमा सभामुखले सदनको एजेन्डा तय गर्नुका साथै व्यवस्थापिकाको कामकारबाहीको नेतृत्व गर्ने गर्छन्। 

त्यस्तै, उपराष्ट्रपतिपछि राष्ट्रपतिको रोलक्रममा सभामुख दोस्रो स्थानमा हुने गर्छन्।

यसअघि अमेरिकी संसदमा यस्तो गतिरोध गृहयुद्धअघि १८६० मा देखिएको थियो,। जुनबेला ४४ चरणको मतदानपछि सभामुख चयन भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad