ग्लोबल


मुम्बईमा भीषण वर्षा र आँधीले विनाश, सबै स्कुल-कलेज बन्द (तस्बिरहरू)

पुणेमा एकै परिवारका ३ सहित ४ जनाको मृत्यु
मुम्बईमा भीषण वर्षा र आँधीले विनाश, सबै स्कुल-कलेज बन्द (तस्बिरहरू)

नेपालखबर
असार २३, २०८३ मंगलबार १२:४२, काठमाडौँ

भारतीय राज्य महाराष्ट्रमा भीषण वर्षा र आँधीले विनाश गरेको छ। 

वर्षा र आँधीका कारण जनधन क्षति हुन थालेपछि मुम्बईका सबै सरकारी, निजी तथा नगरपालिकाद्वारा सञ्चालित स्कुल र कलेज मंगलबार बन्द गरिएका छन्।

भारतको मौसम विभागले त्यहाँ चेतावनी जारी गरेको छ।

बीबीसी हिन्दीका अनुसार सोमबारदेखिको निरन्तर वर्षाले मुम्बई र वरपरका जिल्लामा जनजीवन लगभग भएको छ।

धेरै सडक डुबानमा परेका छन्, रूख उखेलिएका छन्। पर्खाल र होर्डिङ बोर्ड ढलेका छन्।

यसैबिच समाचार एजेन्सी पीटीआईले मुम्बईतर्फ जाने मुम्बई-पुणे एक्सप्रेसवे बाइपास सोमबार राति झन्डै १८ घण्टा बन्दपछि पुनः खोलिएको जनाएको छ।

भारी वर्षाका कारण पुणे जिल्लामा छुट्टाछुट्टै स्थानमा चार जनाको मृत्यु भएको छ। 

पहिरो र पर्खाल भत्किँदा मृत्यु भएकामा एकै परिवारका तीन जना छन्। अन्य दुई जनालाई भेलले बगाएको हो।

केही तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad