ग्लोबल


हिमआँधीमा परी अमेरिकामा २३ जनाको मृत्यु

हिमआँधीमा परी अमेरिकामा २३ जनाको मृत्यु

नेपालखबर
पुस १०, २०७९ आइतबार २०:१, वासिङ्टन/न्युयोर्क

संयुक्त राज्य अमेरिकामा हिमआँधीमा परेर कम्तीमा २३ जनाको मृत्यु भएको छ। प्रसारण संस्था एनबीसीका अनुसार ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी, विस्कन्सिन, कान्सास, नेब्रास्का, ओहायो, न्युयोर्क, कोलोराडो र मिसिगन राज्यमा २३ जनाको मृत्यु भएको हो। 

शुक्रबार दिउँसो ओहायो राज्यको स्यान्डुस्की नजिकै ओहायो टर्नपाइकमा ४६ सवारी साधन एकापसमा ठोक्किँदा चार जनाको मृत्यु भएको थियो। ओहायोका गभर्नर माइक डेवाइनले उक्त घटनालाई सडकमा भएका यो साताका भयानक दुर्घटना भनेका छन्। उनले द्रुत गतिमा सवारी साधन नचलाउन र विशेष सावधानी अपनाउन चालकहरूसँग आग्रह गरेका छन्। 

क्रिसमसको पूर्वसन्ध्यामा भएको व्यापक हिमपात र आँधीका कारण लाखौँ घर अन्धकार भएका छन्। अमेरिकाभित्र र बाहिर जाने तीन हजार तीन सयभन्दा बढी हवाई उडान शनिबार रद्द भएका थिए भने करिब सात हजार पाँच सय उडानमा विलम्ब भएको थियो। रासस/सिन्ह्वा 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad