ad ad

ग्लोबल


ट्रम्पमाथि चार आपराधिक मुद्दा चलाउन सिफारिस

ट्रम्पमाथि चार आपराधिक मुद्दा चलाउन सिफारिस

नेपालखबर
पुस ५, २०७९ मंगलबार ११:७, काठमाडौँ

अमेरिकाको संसद् क्यापिटल हिलमा गत वर्ष भएको हिंसात्मक प्रदर्शनबारे अनुसन्धान गरिरहेको कमिटीले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई विद्रोहसमेत चार आपराधिक मुद्दा चलाउन सिफारिस गरेको छ।

डेमोक्रेटिक पार्टीको नेतृत्वको कमिटीले एकमतले ट्रम्पविरुद्ध मुद्दा चलाउन माग गरेको हो। कमिटीले ट्रम्पका पूर्व सहयोगी होप हिक्सको एक क्लिप पनि प्रमाणको रुपमा अघि सारेको छ, जसमा उनले निर्वाचनमा हार स्वीकार गर्न अस्वीकार गरिरहेको देख्न सकिन्छ। 

सन् २०२१ को जनवरी ६ मा अमेरिकाको क्यापिटल हिल भवनमा आक्रमण गरिरहेका ट्रम्पका समर्थकको तस्बिर विश्वभर चर्चाको विषय बनेको थियो।

ट्रम्प समर्थकहरुले राष्ट्रपतिको रुपमा जो बाइडेनको विरोध गरिरहेका थिए। वासिङटन सहरमा भएको यो हिंसामा एक प्रहरी अधिकारीसहित पाँचजनाको मृत्यु भएको थियो।

कुनै पनि गलत काम नगरेको बताउँदै आएका ट्रम्पले एक विज्ञप्ति जारी गर्दै प्यानललाई ‘कंगारु कोर्ट’को संज्ञा दिएका छन्। करिब १८ महिनादेखि कमिटीले क्यापिटल हिलमा भएको हिंसाको अनुसन्धान गर्दै आएको थियो।

सोमबार कमिटीले आफ्नो अन्तिम बैठकमा ट्रम्पमाथि चार आरोपमा मुद्दा चलाउन सिफारिस गरेको हो। कमिटीले ट्रम्पमाथि निम्न आरोपमा मुद्दा चलाउन सिफारिस गरेको हो–

– विद्रोह भड्काउने, त्यसलाई सहयोग गर्ने र सहयोग गर्ने वाचा गर्नु 
– आधिकारिक कारबाहीमा अवरोध सिर्जना गर्नु
– अमेरिकालाई धोका दिने षडयन्त्र गर्नु
– गलत बयान दिने षडयन्त्र 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .