ग्लोबल


बिहीबार लाग्दै छ दुई घन्टा ४९ मिनेट लामो सूर्यग्रहण

बिहीबार लाग्दै छ दुई घन्टा ४९ मिनेट लामो सूर्यग्रहण

नेपालखबर
पुस ८, २०७६ मंगलबार ३:३९,

आगामी बिहिबार (पुस १० गते) औँषीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्दै छ।

बिहान ८ बजेर ४२ मिनेट जाँदा सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार पश्चिम र नैऋत्य कोणको बीचबाट ग्रहण शुरु हुनेछ। बिहान ८ बजेर ४२ मिनेटमा सुरु हुने ग्रहण १० बजेर १ मिनेटसम्म मध्य र ११ बजेर ३१ मिनेटमा समाप्त हुनेछ।

पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले जनाएको छ।

सूर्यग्रहणका बेलामा खानपिनलगायत महत्वपूर्ण काम गर्नु उपयुक्त नहुने गौतमले बताए।

यसअघिका सूर्यग्रहणका बेला सरकारले सार्वजनिक बिदा दिने गरेको थियो। यसपटक भने क्यालेन्डरमा बिदा उल्लेख नगरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए।

क्यालेण्डरमा बिदा नभएको बेलामा सरकारले निर्णय गरेर बिदा दिने गरेकामा हालसम्म सूर्यग्रहणका लागि पुस १० गते सार्वजनिक बिदा दिने कुनै निर्णय भएको छैन।

पृथ्वी र सूर्यको बीचमा चन्द्रमा आउँदा र त्यसको छाँयाँ पृथ्वीमा पर्दा सूर्यग्रहरण देखिन्छ।

यो सघन छाया र विरल छाया गरी दुई खालको हुन्छ। सघन छाया भएको भागमा पूर्ण सूर्यग्रहण अर्थात खग्रास देखिन्छ।

विरल छाया परेको भागमा आंशिक सूर्यग्रहण अर्थात खण्डग्रास देखिन्छ। सूर्यग्रहणलाई नांगो आँखाले हेर्न नहुने विज्ञहरुले बताएका छन्। विज्ञका अनुसार नांगो आँखाले हेर्दा आँखाको दृष्टि पनि गुम्न सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad