ad ad

ग्लोबल


पोल्याण्डमा खस्यो रुसी मिसाइल दुईजनाको मृत्यु

पोल्याण्डमा खस्यो रुसी मिसाइल दुईजनाको मृत्यु

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार ७:४५, काठमाडौँ

रुसले प्रहार गरेको मिसाइल पोल्याण्डमा खसेको छ।

पोल्याण्डको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार रुसको मिसाइल पर्जेवोडो गाउँमा खसेको हो। यो गाउँ युक्रेनको सीमानजिकै छ। स्थानीय समयअनुसार मंगलबार दिउसो उक्त मिसाइल पोल्याण्डमा खसेको हो। 

मिसाइलको कारण दुई पोल्याण्डका नागरिकको मृत्यु भएको विदेश मन्त्रालयले बताएको छ।

पोल्याण्डको विदेशमन्त्रालयले यस बारेमा तत्काल जवाफ दिन रुसी विदेशमन्त्रीलाई बोलाएको छ। रुसले पुनः युक्रेनमाथि गरेको भीषण आक्रमणको क्रममा मिसाइल पोल्याण्डमा पुगेको हो। 

पोल्याण्डले यस विषयमा जानकारी दिँदै घटनाबारे अनुसन्धान भइरहेको बताएको छ।

साथै उक्त क्षेत्रमा सुरक्षा सतर्कता पनि बढाइएको उसले बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .