ग्लोबल


अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सीले मिलाए हात

अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सीले मिलाए हात

नेपालखबर
कात्तिक २८, २०७९ सोमबार १७:२२, काठमाडौँ

अमेरिकी राष्ट्रपति जो बाइडे र चिनियाँ राष्ट्रपति सी चिनफिङले हात मिलाएका छन्। 

पछिल्लो केही वर्षयता शीत युद्धको अवस्थामा पुगेका यी दुई शक्ति राष्ट्रका अध्यक्षले इन्डोनेसियाको पर्यटकीय सहर बालीमा हात मिलाएपछि विश्व राजनीति तरंगित भएको छ। 

बालीमा अमेरिका र चीनका राष्ट्र प्रमुखले दुवै देशको झण्डामुनि हात मिलाएसँगै विश्वराजनीतिमा  नयाँ सन्देश गएको हो। 

मुलिया होटलमा भएको यस भेटघाटमा पूरा विश्वको नजर केन्द्रित थियो। कयौँ वर्षपछि दुई शक्ति राष्ट्रका प्रमुखले हात मिलाउनुलाई धेरै महत्वपूर्ण घटना मानिएको छ। 

पछिल्ला केही वर्षयता चीन र अमेरिकाको सम्बन्ध राम्रो छैन। अमेरिका कहिले ताइवान त कहिले रुसलाई लिएर चीनमाथि निरन्तर निशाना साँधिरहेको छ। 

उता चीनले भने अमेरिकाले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै आपत्ति जनाउँदै आएको छ। 

बहाना जेसुकै भए पनि बिग्रिएको सम्बन्ध सुधार्ने प्रयासमा यी दुईको भेटघाटलाई महत्वपूर्ण मानिएको छ। यो भेटघाट जी २० सम्मेलनका क्रममा सम्भव भउको हो। 

सी चिनफिङ तेस्रो पटक चीनको नेतामा चयन भएका छन्। 'मिस्टर प्रेसिडेन्ट तपाईंसँग भेट्दा राम्रो महसुस भयो। पछिल्लो पटक पाँच वर्षअघि हामी डाभोसमा भेटेका थियौँ। तपाईं राष्ट्रपति (अमेरिकाको) बनेपछि हामीले अनलाइन कलबाट सम्पर्क कायम गर्यौँ। तर आमने-सामने भेट बेग्लै हुन्छ। र, आज हामीबीच यो भेट सम्भव भयो', बाइडेनसँग हात मिलाउँदै सीले भने। 

त्यसक्रममा सीले आफूहरुको अनुभव धेरै लामो भएको बताउँदै यसबाट कयौँ पाठ पनि सिकेको बताए। 'सिक्नका लागि इतिहास सबैभन्दा राम्रो किताब हो र हामी इतिहासलाई ऐना जसरी लिन्छौँ', सीले भने, 'अहिले चीन र अमेरिकाको सम्बन्ध जुन मोडमा छ। हामीले त्यसमा ध्यान दिएका छौँ। दुई प्रमुख देशका नेताका रुपमा हामीले सही बाटो हिँड्नु जरुरी छ। द्विपक्षीय सम्बन्ध बलियो बनाउन र अगाडि बड्नका लागि सही दिशा समात्नु पनि आवश्यक छ।'

अर्कातिर अमेरिकी राष्ट्रपति जो बाइडेनले दुवै देशबीचको टकराव कम गर्नुपर्नेमा जोड दिएका छन्। उनले आमने-सामने भेटवार्ताको अलग्गै महत्व रहेको बताउँदै यसको विकल्प नभएको तर्क गरे। 

उनले दुई देशबीच वार्ता भइरहनुपर्ने बताउँदै आफू त्यसका लागि प्रतिवद्ध रहेको उल्लेख गरेका छन्। सीले आकस्मिक वैश्विक मुद्दामा तत्काल र एकसाथ वार्ता हुनु आवश्यक रहेको बताए। सीले जलवायु परिवर्तन या सुरक्षाको सवालमा तत्काल वार्ता हुनु जरुरी रहेको औँल्याए।

बाइडनले विश्व समुदायले पनि अमेरिका र चीनबीच सहकार्य भएको हेर्न चाहेको बताउँदै त्यसका लागि संवाद भइरहनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad