भारतमा सर्पको डसाइबाट मात्र वर्षमा ६४ हजार जनाभन्दा बढी जनाको ज्यान जाने गरेको तथ्याङ्क छ। हालै सार्वजनिक अन्तर्राष्ट्रिय अध्ययनको तथ्याङ्कमा सो कुरा उल्लेख गरिएको भारतको एक स्थानीय पत्रिकाले जनाएको छ।
भारतको पत्रिका द हिन्दुले नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित अनुसन्धानलाई उद्धृत गरेर दिएको समाचारअनुसार यहाँ सर्पले डसेर हरेक वर्ष ६४ हजारभन्दा बढी जनाको ज्यान जाने गरेको छ।
भारतमा गत वर्ष मात्र सर्पले टोकेर ६४ हजार एक सय जनाको ज्यान गएको थियो। विश्वका विभिन्न २१ देशका अनुसन्धानदाताहरू सम्मिलित रहेर गरिएको सो अनुसन्धानमा विश्वमा सर्पको डसाइबाट हरेक वर्ष ७८ हजार ६ सय जनाको ज्यान जाने गरेको छ। भारतमा मात्र ६४ हजार जनाभन्दा बढी रहेको देखाइएको छ।
भारतको पनि उत्तर प्रदेशमा सर्पको डसाइबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुुने गरेको छ। यस प्रदेशमा मात्र सर्पले डसेर १६ हजारभन्दा बढी जनाको ज्यान जाने गरेको सो अनुुसन्धानले देखाएको छ।
त्यसपछि भारतको मध्य प्रदेशमा धेरै मानिसको ज्यान जाने गरेको छ। भारतको मध्य प्रदेशमा पाँच हजार सात सयको ज्यान गएको थियो। त्यसपछि भारतको राजस्थानमा सर्पले डसेर पाँच हजार तीन सय जनाको ज्यान गएको थियो।
संसारमा प्रतिएक लाख जनामा ०.८ जनाको ज्यान सर्पको डसाइबाट जाने गरेको छ। भारतको तुलनामा यो निकै थोरै हो। यता भारतमा प्रति एक लाख जनामा चार जनाको ज्यान सर्पको डसाइबाट जाने गरेको तथ्याङ्क भेटिन्छ। रासस/सिन्ह्वा
Shares
प्रतिक्रिया