ad ad

खेल


युरोपा लिगको प्लेअफमै बार्सिलोना र म्यानचेस्टर युनाइटेड भिड्ने

युरोपा लिगको प्लेअफमै बार्सिलोना र म्यानचेस्टर युनाइटेड भिड्ने

नेपालखबर
कात्तिक २१, २०७९ सोमबार १८:६, काठमाडौँ

युरोपा लिगको प्ले अफमा स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड भिड्ने भएका छन्। 

सोमबार साँझ भएको ‘ड्र’मा च्याम्पियन्स लिगबाट बाहिरिएको बार्सिलोनाले म्यानचेस्टर युनाइटेडलाई प्रतिद्वन्द्वी पाएको हो। 

यता म्यानचेस्टर युनाइटेड युरोपा लिगको समूह चरणमा दोस्रो हुँदै प्लेअफमा धकेलिएको थियो। प्लेअफमा विजेता टोलीले अन्तिम १६ मा स्थान पक्का गर्नेछ।

यस्तै सेभिया र पीएसभी, रोमा र साल्जबुर्ग, लेभरकुसेन र मोनाको, याजाक्स र युनियन बेर्लिन, सख्तर डोनेट्स्क र रेलिस, स्पोर्टिङ र मिडज्यालान्ड, युभेन्टस र नान्टेज भिड्ने भएका हुन्। 

युरोपा लिगको अन्तिम १६ मा यसअघि समूह विजेता ८ टोलि पुगिसकेका छन्। 

च्याम्यिपन्स लिगको समूह चरणमा तेस्रो भएका ८ टोली र युरोपा लिगको समूह चरणमा दोस्रो भएका ८ टोलिबाट बाँकी ८ टिम अन्तिम १६ मा पुग्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .