ad ad

ग्लोबल


गोली लागेर घाइते पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानको अवस्था कस्तो छ?

गोली लागेर घाइते पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानको अवस्था कस्तो छ?

फाइल तस्बिर : इमरान खान


नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार ७:५०, काठमाडौँ

गोली लागेर घाइते भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको उपचार जारी छ। 

बीबीसी हिन्दीका अनुसार गोली लागेर घाइते भएका खानको उपचार लाहोरको एक अस्पतालमा भइरहेको हो। 

पाकिस्तान तेहरिक इन्साफका नेता इमरान खानलाई बिहीबार साँझ पञ्जाब प्रान्तको गुजरानवालामा बन्दुकधारीले आक्रमण गरेका हुन्। 

आज बिहान अस्पतालमा खानलाई भेट्न आएका पीटीआईका सिनेटर फैसल जावेदले इमरान खानको शल्यक्रिया गरिएको र उनी पहिलेभन्दा अहिले स्वस्थ भएको बताएका छन्।

फैसल जावेदले ट्विट गरेका छन्, ‘मैले इमरान खानलाई भेटेको छु। उनको शल्यक्रिया गरिएको छ र अहिले उनी स्वस्थ छन्। उनले आफ्नो देशको लागि अन्तिम साससम्म लड्ने सन्देश दिएका छन्।’

बिहीबार साँझ भएको यस हमलामा पीटीआई नेता फैसल जावेद आफैं घाइते भएका छन्।

फैसल जावेदले इमरान खानले शुक्रबार बैठक बोलाएको र त्यसमा आगामी रणनीतिबारे छलफल हुने जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .