खेल


जुरिचलाई हराउँदै आर्सनल नकआउट चरणमा प्रवेश

जुरिचलाई हराउँदै आर्सनल नकआउट चरणमा प्रवेश

नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार ८:१७, काठमाडौँ

इंग्लिस क्लब आर्सनल यूईएफए युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ।

बिहीबार राति समूह ‘ए’अन्तर्गत भएको आफ्नो अन्तिम खेलमा स्विट्जरल्यान्डको एफसी जुरिचलाई १–० ले हराएर आर्सनल नकआउट चरणमा प्रवेश गरेको हो। 

घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलको १७औं मिनेटमा किरन थियर्नीले गरेको एक गोल नै आर्सनको जितका लागि निर्णायक बनेको हो। 

जितसँगै शीर्ष स्थानको आर्सनलले ६ खेलमा १५ अंक जोड्दा पराजित जुरिच समान खेलबाट ३ अंकका साथ अन्तिममा छ।

यही समूहको अर्को खेलमा पीएसभीले बोडोर ग्लिमटलाई २–१ गोल अन्तरले हराएको छ। 

यसैगरी रियल बेटिस, फेरेन्चभरोस, फ्रेइबर्ग, फेनोर्ड, रियल सोसिडाड,रोयल युनियन सेन्ट–गिलोइस र फेनरवाख पनि प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad