ad ad

ग्लोबल


पुटिन भन्छन्– यो दशक दोस्रो विश्वयुद्धयताकै खतरनाक

पुटिन भन्छन्– यो दशक दोस्रो विश्वयुद्धयताकै खतरनाक

नेपालखबर
कात्तिक ११, २०७९ शुक्रबार ९:५, काठमाडौँ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार चेतावनी दिँदै अहिले समग्र विश्व दोस्रो विश्वयुद्धयताकै खतरानक दशकबाट गुज्रिरहेको बताएका छन्।

पुटिनले आफ्नो यो भाषणमा एकपटक पुनः युक्रेनमाथि रुसको आक्रमणको निर्णयलाई सही साबित गर्ने प्रयास गरेका थिए। 

पुटिनले पश्चिमा मुलुकले रुसलाई टुक्राटुक्रा पार्न परमाणु हतियारको कुरा निकालेर ब्ल्याकमेल गरेको आरोप लगाएका थिए।

यसअघि रुसले युक्रेनले गुप्तरुपमा परमाणु हतियारको प्रयोग गर्न सक्ने बताएको थियो। पश्चिमा मुलुकले भने यो आरोप अस्वीकार गर्दै रुसले यसलाई आधार बनाएर युद्ध चर्काउने प्रयास गरिरहेको बताएका छन्। 

पुटिनले ‘वलडाई फोरम’ नामक वार्षिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन्।

उनले आफूमाथि लागेको परमाणु हतियारको प्रयोग गर्न सक्ने आशंकाबारे जवाफ दिँदै रुसले परमाणु हतियारको प्रयोगको विषयमा केही नभनेको तर पश्चिमा मुलुकलाई सांकेतिक रुपमा जवाफ दिएको उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .