ग्लोबल


एकै वर्षमा १४ सय चिनियाँ मूलका वैज्ञानिकले अमेरिकी संस्था त्यागे

एकै वर्षमा १४ सय चिनियाँ मूलका वैज्ञानिकले अमेरिकी संस्था त्यागे

नेपालखबर
कात्तिक ३, २०७९ बिहिबार १६:२०, काठमाडौँ

गत वर्ष अमेरिकामा रहेका १४ सय चिनियाँ मूलका वैज्ञानिकहरुले अमेरिकी संस्थाहरुसँगको आफ्नो आबद्धता त्यागेर चिनियाँ संस्था रोजेका छन्। हार्वर्ड, प्रिन्स्टन र एमआईटीका अध्येताहरुले  संयुक्त रुपमा तयार गरेको रिपोर्टले यस्तो तथ्यांक देखाएको हो।

अमेरिकी सरकारले चिनियाँ मूलका वैज्ञानिकहरुलाई अनुसन्धान र प्राज्ञिक गतिविधि गर्नबाट रोक्ने नीति ल्याएपछि यस्तो परिवर्तन देखिएको रिपोर्टमा जनाइएको छ। एसियन अमेरिकन स्कलर फोरमले सोमबार सो रिपोर्ट सार्वजनिक गरेको हो।

‘यो प्रवृत्तिमा वृद्धि देखिएको छ,’ एक वेबिनारमा रिपोर्ट प्रस्तुत गर्दै प्रिन्सटन युनिभर्सिटीका समाजशास्त्र विषयका प्राध्यापक यु सिएइले भने। 

उनले अमेरिकाले प्रतिभा गुमाइरहेको टिप्पणी पनि गरे।

तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले २०१८ मा चाइना इनिसियटिभ सुरु गरेको थियो। चीनले गुप्त प्राविधिक ज्ञान र बौद्धिक सम्पत्ति चोरेको भन्दै त्यसलाई रोक्न यस्तो कार्यक्रम सुरु गरेको थियो।

राष्ट्रपति जो बाइडेनले सो कार्यक्रम यो वर्ष अन्त्य गरे पनि त्यसको असर भने कायम रहेको बताइएको छ।

‘अमेरिकामा चिनियाँ मूलका वैज्ञानिकहरुमा अनुसन्धान र प्राज्ञिक गतिविधि गर्दा व्यापक डरको माहौल छ,’ सिएइ र अन्य चार लेखकले भनेका छन्।

आफ्नो आबद्धता फेरेका चिनियाँ मूलका वैज्ञानिकहरु इन्जिनियरिङ, कम्प्युटर साइन्स, गणितलगायतका क्षेत्रमा सक्रिय छन्। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad