ad ad

ग्लोबल


भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स, अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स, अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई

नेपालखबर
असोज १९, २०७९ बुधबार ६:१, काठमाडौँ

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स,अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई दिने घोषणा गरिएको छ।

फ्रान्सका अलाँ आस्पेय,संयुक्त राज्य अमेरिकाका जोन क्लाउजर र अष्ट्रियाका एन्टोन जेइलिङ्गरलाई यस बर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गरिने भएको हो।
  
क्वान्टम मेकानिक्सको खोजका लागि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारबाट उनीहरू सम्मानित हुने भएका हुन्।  

उनीहरूलाई ‘अल्झिएको फोटोनहरूको प्रयोग, बेल असमानताहरूको उल्लङ्घन स्थापित गर्न र क्वान्टम सूचना विज्ञानको अग्रगामी स्थापना गर्नका लागि’ खोज तथा योगदान गरेबापत् सम्मानित गरिएको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार समितिले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ।

क्वान्टम कम्प्युटर, नेटवर्क र सुरक्षित इन्क्रिप्टेड सञ्चारका लागि मार्ग प्रशस्त गर्ने क्वान्टम मेकानिक्सको क्षेत्रमा भएका खोजका लागि उनीहरू पुरस्कृत बनेका हुन्।
 

खोजले दुई उप–पारमाणविक कणहरू छुट्टिए पनि एउटै इकाईको रूपमा व्यवहार गर्छन् भन्ने देखाएको छ।

प्रत्येक वैज्ञानिकले ‘जटिल क्वान्टम अवस्थाहरू प्रयोग गरेर आधारभूत प्रयोगहरू गरे, जहाँ दुई कणहरू अलग हुँदा पनि एउटै एकाइ जस्तै व्यवहार गर्छन्,’ समितिले भनेको छ। “खोज परिणामहरूले क्वान्टम जानकारीमा आधारित नयाँ प्रविधिको लागि मार्ग प्रशस्त गरेको छ।

भौतिकशास्त्रको नोबेल कमिटीका अध्यक्ष एन्डर्स इरब्याकले भन्नुभयो, “नयाँ प्रकारको क्वान्टम प्रविधिको उदय भइरहेको खोज र यसको परिणामबाट स्पष्ट भएको छ।

“क्वान्टम सूचना विज्ञान एउटा जीवन्त र द्रुत रूपमा विकास भइरहेको क्षेत्र हो,” भौतिक विज्ञानको नोबेल समितिका सदस्य इभा उल्सनले भने। 

उनले थपे, “यसका सुरक्षित सूचना स्थानान्तरण, क्वान्टम कम्प्युटिङ र सेन्सिङ टेक्नोलोजी जस्ता क्षेत्रहरूमा व्यापक र सम्भावित प्रभावहरू छन्।”

फ्रान्सेली नागरिक ७५ वर्षीय अलाँ आस्पेय युनिभर्सिटी प्यारिस–सेक्ले र इकोले पोलिटेक्निकसँग सम्बद्ध वैज्ञानिक हुन्।

अमेरिकी नागरिक ७९ वर्षीय जोन क्लअसन क्यालिफोर्नियामा आफ्नै कम्पनी स्थापना गरी वैज्ञानिक खोज गर्दै आएका छन्।

त्यसैगरी ७७ वर्षका एन्टोन साइलिङ्गर भियना विश्वविद्यालयमा संलग्न वैज्ञानिक हुन्। यी तीन जनाले सन् २०१० मा पनि सँगै वुल्फ पुरस्कार जितेका थिए।

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव प्रजातिको विकास क्रमसम्बन्धी काम गरेबापत स्वीडेनका वैज्ञानिक स्भान्ट पेयबुलाई प्रदान गर्ने घोषणा सोमबार गरिएको थियो। रासस÷एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .