ad ad

ग्लोबल


अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधी, जनजीवन कष्टकर

डुङ्गा डुब्दा २३ जना बेपत्ता
अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधी, जनजीवन कष्टकर

फाइल फाेटाे


नेपालखबर
असोज १३, २०७९ बिहिबार २०:५८, सेन्ट पिटर्सबर्ग, फ्लोरिडा

अमेरिकाको फ्लोरिडामा शक्तिशाली तुफानसहितको समुद्री इयान आँधीका कारण जनजीवन कष्टकर बनेको छ।

आँधीका कारण अमेरिकाको दक्षिणपश्चिमी तटीय क्षेत्रमा बाढी पनि आएको अधिकारीहरुले जानकारी दिएका छन्। 

आँधी र बाढीले विद्युत, सञ्चार, खानेपानी, यातायात लगायतका आधारभूत सेवा अवरुद्ध भएकाले जनजीवन प्रभावित भएको हो। यसबाट २५ लाखभन्दा बढी मानिस प्रभावित भएको बताइएको छ। 

अहिलेसम्मका ठूला आँधीमध्येमा पर्ने यस इयान आँधी र बाढीका कारण सयौँ घर डुबानमा परेका छन् भने धेरै भौतिक संरचना भत्किएका छन्। 

आँधी आइरहेका बेला आप्रवासीलाई लिएर क्युबाबाट फ्लोरिडातर्फ आउँदै गरेको एउटा डुङ्गा डुब्दा २३ जना हराइरहेको सुरक्षाकर्मीले बताएका छन्।

झण्डै २४१ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले गराएको क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको पनि अधिकारीहरूले जनाएका छन्। उनीहरूले थप क्षति हुनसक्ने खतरा रहेकाले सतर्क अवस्थामा रहन सबैलाई अनुरोध पनि गरेका छन्। 

आँधीका कारण फोर्ट मायर्स सहरसहित ली काउन्टीमा कर्फ्यु घोषणा गरिएको छ। बुधबार बेलुका ६ बजे सुरु कर्फ्यु अर्को सूचना  नभएसम्म कायम रहने काउन्टीले जनाएको छ।

आम मानिस त्रास र सङ्कटमै रहेका बेला विभिन्न ठाउँमा लुटपाट र हिंसाका घटना पनि भएका छन्। त्यसलाई नियन्त्रण गर्न सक्दो प्रयास गरिएको सुरक्षा अधिकारीहरूले जनाएका छन्। रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .