ad ad

ग्लोबल


उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

फाइल फाेटाे


नेपालखबर
असोज १३, २०७९ बिहिबार २१:६, सियोल

उत्तर कोरियाले आफ्नो पूर्वी जलक्षेत्रमा छोटो दूरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रहार गरेको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले बिहीबार बताएको छ।

जेसीएसले विज्ञप्ति जारी गर्दै दक्षिण प्योङयान प्रान्तको सुनचोन क्षेत्रबाट स्थानीय समयअनुसार राति ८ः४८ देखि राति ८ः५७ को बीचमा उत्तर कोरियाले प्रक्षेपण गरेका दुई छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र पूर्वी जलक्षेत्रमा फेला पारेको जनाएको छ।

उत्तर कोरियाले बुधबार आफ्नो पूर्वी जलक्षेत्रमा दुई छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र र आइतबार पूर्वी जलक्षेत्रमा एउटा छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।

सन् २०२२ मा मात्र उत्तर कोरियाले १९ पटक ब्यालेस्टिक क्षेप्यास्त्र र दुई पटक क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .