ग्लोबल


रुसको आक्रमणपछि खारकिभको विद्युत् अवरुद्ध

रुसको आक्रमणपछि खारकिभको विद्युत् अवरुद्ध

नेपालखबर
भदौ २७, २०७९ सोमबार ९:५२, काठमाडौँ

युक्रेनले रुसबाट आफ्नो भूमि फिर्ता लिएसँगै रुसले पनि आक्रमण तीव्र पारेको छ।

रुसले गरेको आक्रमणको कारण विद्युत अवरुद्ध हुँदा खारकिभ र डोनेट्स क्षेत्रका करिब ९० लाख मानिस अँध्यारोमा बस्न बाध्य भएका छन्। यसअघि युक्रेनले तीन हजार वर्ग किलोमिटरको भूमि रुसबाट फिर्ता लिएको दाबी गरेको थियो। यद्यपि यो दाबी पुष्टि भने हुन सकेको छैन। 

खारकिभका मेयर इहोर टेरेखोभले रुसी आक्रमणको कारण सहरको अधिकांश भागको विद्युत् आपूर्ति रोकिएको बताएका छन्। युक्रेनको सफलतालाई रोक्न रुसले तल्लो स्तरको कार्य गरेको उनको भनाइ छ।

अहिले युक्रेनको आपतकालीन सेवाले आगलागी नियन्त्रण र विद्युत आपूर्ति सुचारु गर्ने काम गरिरहेको उनले बताएका छन्। 

युक्रेनका अन्य केही क्षेत्रको विद्युत आपूर्ति पनि अवरुद्ध भएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आम नागरिकको संरचनामाथि आक्रमण गर्नु उसको आतंकवादी गतिविधि भएको बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad