ad ad

ग्लोबल


रुसबाट खोस्यो युक्रेनले आफ्ना पूर्वी सहर

रुसबाट खोस्यो युक्रेनले आफ्ना पूर्वी सहर

नेपालखबर
भदौ २६, २०७९ आइतबार १०:१४, काठमाडौँ

युक्रेनको सेनाले आफ्नो केही पूर्वी सहरलाई पुनः नियन्त्रणमा लिएको छ।

युक्रेनका अधिकारीहरुले दिएको जानकारी अनुसार युक्रेनका सेनाले कुपिनास्क सहरलाई आफ्नो नियन्त्रणमा लिएका हुन्। पूर्वी आपूर्तिको लागि यो सहर निकै महत्वपूर्ण मानिएको छ। शनिबार युक्रेनी सेनाले उक्त सहरमा आफ्नो नियन्त्रण हासिल गरेको हो। 

रुसको रक्षा मन्त्रालयले पनि यो समाचार सार्वजनिक भएसँगै आफ्नो सेनाले पनि पुनः संगठित भएर आक्रमण बढाइने बताएको छ। मन्त्रालयले आफ्ना सेना तेस्रो प्रमुख सहर बालाक्लियाबाट पनि फिर्ता भएको पुष्टि गरेको छ।

गत अप्रिलमा रुसी सेना किभबाट फिर्ता भएयता युक्रेनी सेनाको यो सबैभन्दा ठूलो उपलब्धि भएको बीबीसीले उल्लेख गरेको छ।

शनिबार राति एक भिडियो जारी गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दुई हजार वर्गकिलोमिटरको भू–भाग स्वतन्त्र गरेको दाबी गरेका छन्। 

रुसी सेना इजुएम सहरबाट फिर्ता हुनु युक्रेनको लागि महत्वपूर्ण रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।

यो सहर रुसी सेनाको लागि प्रमुख सैन्य केन्द्रको रुपमा रहेको थियो। इजुएम र बालाक्लिया सहरको सेनालाई डेनोट्समा फिर्ता गरिएको रुसले बताएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .