ad ad

ग्लोबल


दुई वर्षपछि विदेश यात्रा गर्दै सी, रूसी राष्ट्रपति पुटिनससँग उज्वेकिस्तानमा भेट्दै

दुई वर्षपछि विदेश यात्रा गर्दै सी, रूसी राष्ट्रपति पुटिनससँग उज्वेकिस्तानमा भेट्दै

नेपालखबर
भदौ २२, २०७९ बुधबार १६:३०, काठमाडौँ

चीनका राष्ट्रपति सी चीनफिङ र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी साता उज्वेकिस्तानमा भेट हुने भएको छ। 

युक्रेनसँगको युद्ध जटिल मोडतिर गइरहेका बेला यी दुई सहयोगी शक्ति राष्ट्र प्रमुखबीच भेटवार्ता हुन लागेको हो। 

उज्वेकिस्तानको सामरकन्दमा यही भदौ ३० र ३१ गते आयोजना हुने साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा दुवै नेताबीच भेटवार्ता हुन लागेको हो। 

चीनका लागि रुसका राजदूत एन्ड्रे डेनिसोभले राष्ट्रपतिद्वयबीचको भेटवार्तालाई पुष्टि गर्दै नेताद्वयबीचको पूर्ण बैठक र त्यसको कार्यसूचीमा गम्भीर ढङ्गले काम भइरहेको बताएका छन्। 

उनले रूसी र चिनियाँ राष्ट्रपतिबीच द्विपक्षीय एवम् अन्तर्राष्ट्रिय चासोका विषयमा विचारविमर्श हुने बताए। 

कोभिड–१९ को महामारीपछि चिनियाँ नेता सीको यो पहिलो विदेश भ्रमण हुनेछ। यद्यपि मुख्यभूमि चीनबाट उनी गत असार १७ गते हङकङ पुगेका थिए।

हङकङ चीनलाई हस्तान्तरण गरिएको २५ औँ वार्षिकोत्सव विशेष समारोह तथा उक्त औद्योगिक महानगरका प्रमुख कार्यकारीको शपथ कार्यक्रममा सहभागी हुन उनी त्यहाँ जानुभएको हो। 

साङ्घाई सहयोग सङ्गठनमा चीन, रुस, चार मध्य एसियाली देश काजाकिस्तान, कीर्गिस्तान, उज्वेकिस्तान र ताजिकिस्तान तथा भारत र पाकिस्तान सदस्य छन्।

युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि पश्चिमा राष्ट्रले रुसमाथि कडा प्रतिबन्ध लगाएका बेला मस्कोले एशियाली देशहरू, विशेष गरी चीनसँग सम्बन्ध सुदृढ गर्न खोजेको छ। 

बेइजिङले युक्रेनमा मस्कोको हस्तक्षेपको निन्दा गरेको छैन। यसअघि राष्ट्रपति पुटिन र सीबीच गत माघमा बेइजिङमा शीतकालीन ओलम्पिक खेलकुदका बेला भेटवार्ता भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .