ग्लोबल


चिनियाँ कम्युनिस्ट पार्टीको सम्मेलन अक्टोबर १६ देखि

चिनियाँ कम्युनिस्ट पार्टीको सम्मेलन अक्टोबर १६ देखि

नेपालखबर
भदौ १४, २०७९ मंगलबार १७:४, काठमाडौँ

चिनियाँ कम्युनिस्ट पार्टीले अक्टोबर १६ देखि सम्मेलन सुरु गर्ने भएको छ। सो सम्मेलनले आगामी पाँच वर्षका लागि नेतृत्व चयन गर्नेछ।

पार्टीको मासिक रुपमा हुने पोलिटब्युरो बैठकले सम्मेलनको मिति तय गरेको सिन्ह्वाले जनाएको छ। सो पार्टीले यसपटक ४७ दिनअघि सम्मेलन घोषणा गरेको हो।

मिति घोषणा हुनुले सामान्यतयाः उच्च राजनीतिक पदहरुमा को को चयन हुने भन्ने कुरा तय भइसकेको संकेत पनि गर्छ। यद्यपि, कहिलेकाहीँ अन्तिम समयमा त्यसमा हेरफेर हुन पनि सक्छ। 

ठूला निर्णयहरु पार्टी सम्मेलनभन्दा अगावै हुने गर्छन्। जसलाई सम्मेलनले वैधानिकता दिने काम गर्छ।

यसपटक अघिल्लो सम्मेलनकै समयमा यो कार्यक्रम हुँदैछ। २०१७ पनि अक्टोबरमै सम्मेलन भएको थियो। यसको अर्थ घरेलु र अन्तर्राष्ट्रिय चुनौतीका बाबजुद सम्मेलनको तयारी विनासमस्या अघि बढेको देखिन्छ।

सम्मेलनमा देशभरबाट २ हजारभन्दा बढी प्रतिनिधि बेइजिङमा भेला हुनेछन्। उनीहरुले राष्ट्रपति सी चिनफिङले पेस गर्ने पार्टीका उपलब्धि र नयाँ राजनीतिक, सामाजिक तथा आर्थिक नीति सुननेछन्।

सम्मेलनबाट सी तेस्रो कार्यकालका लागि चयन हुने अपेक्षा गरिएको छ। उनी तेस्रो कार्यकालका लागि चयन हुने माओ चेतुङपछिको पहिलो नेता बन्नेछन्।

सम्मेलनमा प्रतिनिधिहरुले केन्द्रीय समितिका नयाँ सदस्यहरुको सूचीलाई अनुमोदन गर्नेछन्। जसमा ३ सयभन्दा बढी राजनीतिक सम्भ्रान्तहरु छनोट हुनेछन्।

सोही कमिटीले चिनियाँ राजनीतिको शीर्षस्थानमा रहने २५ सदस्यीय पोलिट्ब्युरो र ७ सदस्यीय स्थायी समितिमा को चुनिने भन्ने निर्णय पनि गर्नेछ।

सो सम्मेलन इन्डोनेसियामा आयोजना हुने जी २० को शिखर बैठकअगाडि हुनेछ। एससीएमपी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad