चीनले पछिल्लो चार दिनदेखि ताइवानको आसपास जारी राखिएको सैन्य अभ्यासलाई निरन्तरता दिने घोषणा गरेको छ।
मंगलबार चीनको जलसेनाले यस्तो जानकारी दिएको हो। यो सैन्य अभ्यास कहिले सकिन्छ भन्नेबारे भने चिनियाँ सेनाले कुनै जानकारी दिएको छैन। चिनियाँ सेनाका पूर्वी थिएटर कमाण्डले आगामी सैन्य अभ्यासमा सुरक्षा तथा ताइवानलाई घेर्नुलाई प्राथमिकतामा राखिने बताएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनको सैन्य अभ्यासप्रति आफू चिन्तित नरहेको बताएसँगै चीनले यस्तो घोषणा गरेको हो।
चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सका पूर्व प्रधान सम्पादक सि सिचिनले ताइवानको खाडीको सैन्य अभ्यास नयाँ वास्तविकतातर्फ अघि बढिरहेको बताएका छन्।
उनले ताइवान चीनसँग मिल्नु नै नयाँ वास्तविकता रहेको र त्यसैतर्फ पछिल्लो गतिविधि केन्द्रित भएको बताएका छन्।
विश्लेषकहरुले आगामी दिनमा चीनले ताइवानको आसपासमा निरन्तर नियमित सैन्य अभ्यास गर्न सक्ने गरी अहिले आधार तयार पार्ने प्रयास गरेको उल्लेख गरेका छन्।
Shares
प्रतिक्रिया