ad ad

ग्लोबल


ताइवान गएपछि अमेरिकी सभामुख र उनको परिवारलाई प्रतिबन्ध लगाउने चीनको घोषणा

ताइवान गएपछि अमेरिकी सभामुख र उनको परिवारलाई प्रतिबन्ध लगाउने चीनको घोषणा

ताइवानकी राष्ट्रपतिसँग अमेरिकी सभामुख पेलोसी। तस्बिर : एजेन्सी


नेपालखबर
साउन २०, २०७९ शुक्रबार १५:१९, काठमाडौँ

विवादित टापु ताइवान भ्रमण गरेकी अमेरिकी सभामुख न्यान्सी पेलोसी र उनको परिवारलाई चीनले प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

चीनको गम्भीर चासो र आपत्ति हुँदाहुँदै पेलोसीले ताइवान भ्रमण गर्नु आफूहरुको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप रहेको ठहरसहित सभामुख पेलोसी र उनको परिवारलाई प्रतिबन्ध लगाएको घोषणा चिनियाँ विदेश मन्त्रालयले शुक्रबार गरेको हो। 

'चीनको गम्भीर चासो र कडा विरोधलाई बेवास्ता गर्दै अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीबाट ताइवान क्षेत्रको भ्रमण भयो। यो चीनको आन्तरिक मामिलामा घोर हस्तक्षेप हो', चिनियाँ विदेश मन्त्रालयले भनेको छ, 'यसले चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई गम्भीर रूपमा कमजोर बनाउँछ। एक चीन सिद्धान्तलाई गम्भीर रूपमा कुल्चिन्छ। ताइवान राज्यको शान्ति र स्थिरतालाई गम्भीर रूपमा खतरामा पार्छ।'

पेलोसीको ताइवान भ्रमणलाई घ‌ृणित र उत्तेजक भन्दै चीनले पेलोसी र उनका परिवारका सदस्यहरुमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो।

'पेलोसीको घृणित र उत्तेजनापूर्ण कदमको जवाफमा जनवादी गणतन्त्र चीनको कानुन बमोजिम पेलोसी र उनको परिवारका सदस्यहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको छ', चिनियाँ विदेशमन्त्रालयले भनेको छ।

अमेरिकी सभामुख पेलोसीले बुधबार एक दिने भ्रमणका क्रममा ताइवान पुगेकी थिइन्। 

पेलोसीको भ्रमणको चीनले आक्रोशपूर्ण प्रतिक्रिया दिएको थियो । चीनले अहिले ताइवानवपरिपरि सैन्य अभ्यास गरिरहेको छ। ताइवानको भूमितर्फ केही मिसाइल पनि हानिएको छ। 

पेलोसीले ताइवानको संसदमा सम्बोधन गर्नुका साथै राष्ट्रपति साइ यिङ वेनसँग भेट गरेकी थिइन्। उनले ताइवानको पक्षमा अमेरिका बलियोसँग उभिने बताएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .