ad ad

ग्लोबल


नेपालको पासपोर्ट उत्तर कोरियाको भन्दा पनि कमजोर

नेपालको पासपोर्ट उत्तर कोरियाको भन्दा पनि कमजोर

नेपालखबर
साउन ४, २०७९ बुधबार ११:३७, काठमाडौँ

नेपालको पासपोर्ट विश्वकै सातौं कमजोर पासपोर्टको रुपमा देखिएको छ। बेलायतको लण्डनस्थित हेन्ली एण्ड पार्टनर्सले जारी गरेको सूचीअनुसार सन् २०२२ मा नेपालको पासपोर्ट उत्तर कोरियाभन्दा पनि कमजोर देखिएको हो। 

विश्वका १९९ पासपोर्ट समावेश गरिएको सूचीअनुसार जापानको पासपोर्ट सबैभन्दा शक्तिशाली देखिएको हो। जापानको पासपोर्ट भएका मानिसले अगाडि नै भिसा जारी नगरी विश्वका १९३ गन्तव्यमा भ्रमण गर्न पाइन्छ। 

शक्तिशाली पासपोर्टको सूचीको दोस्रो स्थानमा सिंगापुर र दक्षिण कोरिया संयुक्त स्थानमा छन्।

यी दुई मुलुकको पासपोर्टबाट विश्वका १९२ गन्तव्यमा अगाडि नै भिसा नलगाई भ्रमण गर्न सकिन्छ। तेस्रो स्थानमा रहेका जर्मनी र स्पेनको पासपोर्टबाट १९० गन्तव्यको भ्रमण गर्न अगाडि नै भिसा लगाउन पर्दैन। 

नेपालको पासपोर्टबाट भने केवल ३९ गन्तव्यमा यात्रा गर्न अगाडि नै भिसा लगाउनु पर्दैन। जबकी उत्तर कोरियाको पासपोर्टबाट ४० गन्तव्यमा भिसा नलगाई यात्रा गर्न सकिन्छ। 

अफगानिस्तानको पासपोर्ट विश्वको सबैभन्दा कमजोर पासपोर्टको रुपमा देखिएको छ। अफगानिस्तानको पासपोर्टबाट २७ गन्तव्यमा अगाडि नै भिसा नलगाई यात्रा गर्न सकिन्छ। 

सार्क मुलुकमा पाकिस्तान पनि नेपालभन्दा पछाडि छ। पाकिस्तानको पासपोर्टबाट ३२ गन्तव्यमा अगाडि नै भिसा नलगाई यात्रा गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .