ad ad

कारोबार


श्वेत–गंगा हाइड्रोपावरको आईपीओ खुला

श्वेत–गंगा हाइड्रोपावरको आईपीओ खुला

नेपालखबर
साउन ४, २०७९ बुधबार ११:१५, काठमाडौँ

श्वेत–गङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले  सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेको हो।

कम्पनीले जारी पूँजी रु एक अर्ब ५९ करोड ३० लाखको १५ प्रतिशतले हुने प्रतिशेयर १०० अङ्कित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो। 

सार्वजनिक आह्वान पत्रानुसार निष्कासित सेयरमध्ये ५ प्रतिशत अर्थात् एक लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने २२ लाख ७० हजार २५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने छन्।

सर्वसाधारणलाई बिक्री खुला गरिएको सेयरमा लगानीकर्ताले आगामी साउन ८ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे साउन १८ सम्म न्यूनतम १० देखि अधिकतम १० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिन्छ। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा ‘मेरो शेयर’को वेबसाइट र मोबाइल एपमार्फत आवेदन दिन सक्ने छन्।

कम्पनीले रामेछापको लिखु तामाकोसी गाउँपालिका र ओखलढुङ्गाको लिखु गाउँपालिकाको सिमाना भएर बहने लिखु नदीको बहाव प्रयोग गरेर २८ दशमलव एक मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ। कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरएनपी (बीबी) आईएस’ ग्रेडिङ प्रदान गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .