भारत सन् २०२३ भित्र विश्वको सबैभन्दा बढी जनसंख्या भएको मुलुक बन्ने प्रक्षेपण गरिएको छ।
संयुक्त राष्ट्रसंघ अन्र्तगतको सामाजिक तथा आर्थिक मामिला विभागले सोमबार निकालेको ‘दि वर्ल्ड पपुलेसन प्रस्पेक्ट्स २०२२’ नामक प्रतिवेदनअनुसार चीनलाई उछिन्दै आगामी वर्ष भारत सबैभन्दा बढी जनसंख्या भएको मुलुक बन्नेछ।
‘विश्वका ठूला देशबीचको असमान जनसंख्या वृद्धिदरले आकारको आधारमा तिनीहरूको जनसांख्यिक श्रेणी
परिवर्तन गर्नेछ। उदाहरणका लागि, भारतले २०२३ मा विश्वको सबैभन्दा बढी जनसंख्या भएको देशको रूपमा चीनलाई उछिन्नेछ’ प्रतिवेदनमा भनिएको छ।
विश्व जनसंख्या दिवसका अवसरमा सार्वजनिक उक्त प्रतिवेदन अनुसार भारतको हालको जनसंख्या एक अर्ब ४१ करोड २० लाख छ भने चीनको जनसंख्या एक अर्ब ४२ करोड ६० लाख छ।
प्रतिवेदन अनुसार सन् २०५० सम्म भारतको जनसंख्या एक अर्ब ६६ करोड ८० लाख पुग्नेछ भने चीनको जनसंख्या एक अर्ब ३१ करोड ७० लाख रहनेछ।
सन् २०२२ को नोभेम्बर भित्र विश्वको जनसंख्या ८ अर्ब पुग्नेछ। सन् १९५० यता विश्वको संख्या सुस्त गतिमा बढिरहेको छ।
सन् २०२० मा विश्वको जनसंख्या बृद्धिदर एक प्रतिशत भन्दा तल थियो। सन् २०८० भित्र विश्वको जनसंख्या १० अर्ब ४० करोड पुग्ने अनुमान राष्ट्रसंघीय एजेन्सीले गरेको छ।
Shares

प्रतिक्रिया