ad ad

ग्लोबल


भारतमा एकदिनमै १७ हजारभन्दा बढी जनालाई कोरोना संक्रमण

भारतमा एकदिनमै १७ हजारभन्दा बढी जनालाई कोरोना संक्रमण

नेपालखबर
असार १०, २०७९ शुक्रबार १३:२९, काठमाडौँ

पछिल्लो २४ घन्टामा भारतमा १७ हजार ३ सय ३६ जनामा कोरोना संक्रमण देखिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।

बिहीबार मात्र १३ हजार ३ सय १३ जना कोरोना सङ्क्रमण देखिएको थियाे। 

हाल भारतमा ८८ हजार २ सय ८४ सक्रिय सङ्क्रमित रहेको जनाइएको छ।

सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.२० प्रतिशत हो। 

पछिल्लो एक दिनमा तेह्र हजार २९ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।

योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २७ लाख ४९ हजार ५६ पुगेको छ। कोरोना भाइरस निको भएको यो दर ९८.५९ प्रतिशत रहेको छ।

कोरोना सुरु भएबाट हालसम्म यस महामारीको कारण पाँच लाख २४ हजार ९ सय भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो।

सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ७७  लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .