ad ad

ग्लोबल


रूसले विश्वलाई अनिकालको भूमरीतर्फ धकेलिरहेको छ : ईयू

रूसले विश्वलाई अनिकालको भूमरीतर्फ धकेलिरहेको छ : ईयू

नेपालखबर
असार ५, २०७९ आइतबार ६:५३, काठमाडौँ

यूक्रेनी निर्यातमा लगाएको अन्न ढुवानीमा प्रतिबन्ध र नाकाबन्दीमार्फत् रूसले विश्वलाई अनिकालको जोखिममा पारिरहेको यूरोपेली संघ (ईयू)ले बताएको छ। शनिबार ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले यस्तो बताएका हुन्। 

खाद्य सुरक्षाको खतरा र यूक्रेनविरूद्ध रूसले सुरू गरेको युद्धका कारण रुसमाथि पश्चिमी प्रतिबन्धबारे सोमबार लक्जेमबर्गमा युरोपेली संघका विदेश मन्त्रीबीच छलफलको तयारी भइरहँदा ईयूका अधिकारीको यस्तो भनाइ आएको हो।

 ‘सेन्ट पिटर्सबर्ग इन्टरन्याश्नल इकोनमिक फोरम’ लाई शुक्रबार सम्बोधन गर्दै रूसी राष्ट्रपति पुटिनले रूसमाथिको प्रतिबन्धका कारण ईयूले ४०० अर्ब डलरभन्दा बढी घाटा व्यहोर्न सक्ने दाबी गरेको दृष्टान्तलाई लिएर बोरेलको यो भनाइ आएको हो। 

“विश्वव्यापी खाद्य सुरक्षामा कुनै पनि अवाञ्छित प्रभाव रोक्न हामी संयुक्त राष्ट्र संघ र हाम्रा साझेदारसँग काम गर्न तयार छौं,” बोरेलले आफ्नो आधिकारिक ब्लगमा प्रकाशित लेखमा उल्लेख गरेका छन्। 

“रूसको सचेत राजनीतिक छनौट भनेको अन्न निर्यातलाई रोक्नु हो र युक्रेनमा आफ्नो आक्रामणको विरोध गर्नेविरुद्ध विश्वव्यापी खाद्य असुरक्षाको नारालाई प्रचार गर्नु हो,” बोरेलले भने। 

उनले थपे, “रूसले ‘ब्ल्याक सी’लाई युद्धग्रस्त क्षेत्रमा परिणत गरेको यूक्रेनबाट अन्न तथा मल ढुवानीमा अवरोध खडा गरेको छ तर यसले रूसी व्यापारीहरूको ढुवानीमा पनि असर गरेको छ। रूसले आफूलाई खाद्य सङ्कटबाट बचाउन आफ्नो अन्न निर्यातमा कोटा तथा अतिरिक्त कर पनि लागू गरिरहेको छ।” 

यूरोपेली संघले लगाएको प्रतिबन्धले ‘स्वीकृत व्यक्ति वा संस्थाहरू संलग्न नभएमा कुनै पनि कृषि वस्तु निर्यात गर्न, त्यस्ता रूसी निर्यातका लागि भुक्तानी वा बीउको व्यवस्था गर्न रूसलाई निषेध नगर्ने उनको दाबी थियो।

उनले युद्धको विश्वव्यापी प्रभावबारे जोड दिँदै भने, “प्रतिबन्धको यस मुद्दाको वरिपरि ‘युद्धको गति’ छ भन्दै यसलाई सही समाधान दिएर रूसी आक्रमणको सामना गर्नुपर्ने अहिलेको आवश्यकता छ।” रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .