ad ad

ग्लोबल


भारतको पञ्जाबस्थित पठानकोटमा सेनाको क्याम्पनजिकै विष्फोट

भारतको पञ्जाबस्थित पठानकोटमा सेनाको क्याम्पनजिकै विष्फोट

नेपालखबर
मंसिर ६, २०७८ सोमबार ९:२४, काठमाडौँ

भारतको पञ्जाबस्थित भारतीय सेनाको एक क्याम्पमा विष्फोट भएको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार क्याम्पको त्रिवेणी गेटमा यो विष्फोट गराइएको हो।

विष्फोटसँगे पठानकोटको सबै क्षेत्रमा अलर्ट जारी गरिएको छ। पठानकोट प्रहरीका अनुसार विष्फोट आइतबार राति भएको र विष्फोटमा कुनै मानवीय क्षति भने नभएको बताएको छ।

अहिले प्रहरीले सीसीटीभी फुटेजको माध्यमबाट आक्रमणकारीको पहिचान गर्ने प्रयास गरिरहेको छ।

पछिल्लो समय भारतमा सेनालाई लक्षित गरी हुने आक्रमण बढेका छन्। ड्रोनको सहयोगमा यस्ता आक्रमण हुने गरेको प्रहरीले बताएको छ।

यसअघि गत अक्टोबरमा पञ्जाबमा जइतपुर पोस्टनजिकै अपरिचित ड्रोन देखिएको थियो। प्रहरीले त्यसलाई खसालेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .