ग्लोबल


टाउकोको मूल्य ५९ करोड तोकिएका ‘आतंककारी’ बने अफगानिस्तानको गृहमन्त्री!

टाउकोको मूल्य ५९ करोड तोकिएका ‘आतंककारी’ बने अफगानिस्तानको गृहमन्त्री!

फाइल तस्बिर : अफगानिस्तानका नवनियुक्त गुहमन्त्री सिराजुद्दिन हक्कानी


नेपालखबर
भदौ २३, २०७८ बुधबार ८:२१, काठमाडौँ

२० वर्षपछि अमेरिकी सेनाले अफगानिस्तान छाडे। २० वर्षपछि नै दोस्रोपटक तालिबानले अफगानिस्तानमा मंगलबार साँझ औपचारिक रूपमा आफ्नो सरकार घोषणा गरेको छ।

यो पनि : अफगानिस्तान अब ‘इस्लामिक एमिरेट’, तालिबानले घोषणा गर्‍यो आफ्नो सरकार

यो पनि : अब हाम्रो सरकारले चाँडै काम सुरु गर्नेछः तालिबानका सर्वाेच्च नेता

तालिबान एक घोषित आतंकवादी संगठन हो, त्यसैले प्रस्ट थियो– उसको सरकारमा आतंककारी व्यक्तिले नै स्थान पाउनेछन्, नभन्दै पाए पनि। तीमध्ये एक जनाको नाम र उनले पाएको जिम्मेवारी सुन्दा अमेरिका र विश्व नै आश्चर्यमा पर्नेछन्। 

त्यो नाम हो– सिराजुद्दिन हक्कानी। उनी तालिबान सरकारमा गृहमन्त्री बनेका छन्। उनी खतरनाक आतंकवादी संगठन हक्कानी नेटवर्कका प्रमुख हुन्।

अनि उनी ती व्यक्ति हुन्– जसकाे टाउकाेकाे मूल्य अमेरिकाले ५० लाख डलर (नेपाली रुपैयाँ झन्डै ५९ करोड २० लाख) घोषणा गरेकाे छ।​

सिराजुद्दिन र उनका पिताले सन् २००८ मा काबुलमा भारतीय दूतावासमा पनि आक्रमण गरेका थिए। जसमा ५८ जना मारिएका थिए।

सन् २०११ मा अमेरिकाको ज्वइन्ट चिफ्स अफ स्टाफका जनरल रहेका माइक मुलेनले हक्कानी नेटवर्कलाई पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआई को दाहिने हात भनेका थिए। 

अफगानिस्तानका नवनियुक्त गुहमन्त्री सिराजुद्दिन हक्कानीका विषयमा थप विवरण तलको लिंकमा– 

भारतीयको हत्यारा हक्कानी नेटवर्क र तालिबानको सम्बन्ध कस्तो? यस्तो छ नालीबेली

यो पनिसरकार गठनबारे तालिबान र हक्कानी नेटवर्कबीच झगडा, गोली लागेर तालिबानी नेता बरादर घाइते

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad