तालिबानले मंगलबार साँझ अफगानिस्तानमा अन्तरिम सरकार गठन गरेको घोषणा गरेको छ। र, भनेको छ– अफगानिस्तान अब ‘इस्लामिक एमिरेट’।
तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार तालिबानका संस्थापकमध्ये एक मुल्लाह मोहम्मद हसन अखुन्द सरकारको प्रमुख र मुल्ला अब्दुल गनी बरादर उपप्रमुख भएका छन्। बरादर तालिबानका सहसंस्थापक हुन्।
अखुन्दको नेतृत्वमा गठित सरकारमा मुल्ला याकुब रक्षामन्त्री र सिराजुद्दिन हक्कानी गृहमन्त्री हुनेछन्।
Taliban cabinet, key positions:
Mullah Yacoob - Minister of Defence
Siraj Haqqani - Minister of Interior
Mullah Hassan Akhund - head of council of ministers (I believe - need to double check translation)— Secunder Kermani (@SecKermani) September 7, 2021
तालिबानका प्रवक्ता मुजाहिदले भने, ‘यो अन्तरिम सरकार हो।’
उनले अब अगाडि पूर्ण सरकार गठनको काम हुने जानकारी दिए। उनले भने, ‘तबसम्म मुल्ला हबितुल्लाह अखुन्दजादा मन्त्रिमण्डलको संरक्षक हुनेछन्।’
तालिबानले गत अगस्ट १५ का दिन राजधानी काबुल कब्जा गरेको थियो।
यो पनि–
अफगानिस्तान कब्जा गर्न तालिबानले यसरी व्यापक प्रयोग गरे सामाजिक सञ्जाल
Shares
प्रतिक्रिया