ad ad

गण्डकी


महासचिव गुटेरेसको सुरक्षामा खटिएका असईको लेक लागेर मृत्यु

महासचिव गुटेरेसको सुरक्षामा खटिएका असईको लेक लागेर मृत्यु

नेपालखबर
कात्तिक १५, २०८० बुधबार १२:१४, पाेखरा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसको सुरक्षाको लागि अन्नपूर्ण आधार शिविरमा खटिएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ।

मंगलबार कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने हिमालयन भन्ने ठाउँमा ढुंगानाको लेक लागेर निधन भएको कास्की प्रहरीका प्रवक्ता डीएपसी श्रवणकुमार बिकले जानकारी दिए। 

महासचिव गुटेरेस फर्किएलगत्तै प्रहरी सहायक निरीक्षकसहितको टोली अन्नपूर्ण बेसक्याम्पबाट फर्किएको थियो। 

हिमालयनमा बास बसेका उनलाई आज बिहान श्वासप्रश्वासमा समस्या देखिएको थियो। तत्काल उनलाई हेलिकोप्टरमार्फत् पोखरा ल्याइएको थियो। बिहान ९ः४० मा डाक्टरले उनलाई मृत घोषणा गरेका डीएसपी बिकले जानकारी दिए। 

ढुंगाना हेलिकोप्टरबाट कात्तिक ११ गते आधार शिविर पुगेका थिए। उनी पर्वतका हुन्। अन्नपूर्ण आधार शिविर पुगेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा त्यहाँका तस्वीरहरु राखेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .