गण्डकी


गण्डकी प्रदेशका ११ जिल्लामा नै मतदान सुरु

गण्डकी प्रदेशका ११ जिल्लामा नै मतदान सुरु

नेपालखबर
फागुन २१, २०८२ बिहिबार ११:१२, काठमाडौँ

प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि गण्डकी प्रदेशका ११ जिल्लामा नै मतदान सुरु भएको छ ।

गण्डकी प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता रहेका छन् । जसमा ९ लाख ५५ हजार २५१ पुरुष, ९ लाख १४ हजार ८०० महिला र १४ जना अन्य मतदाता छन् ।

प्रदेशभर १ हजार २ सय ९९ मतदान स्थल र २ हजार ३ सय ९६ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन सम्पन्न गराउन प्रदेशभर १४ हजार ३ सय ५० कर्मचारी र ७ हजार ६५ जना स्वयंसेवक परिचालन गरिएको छ ।

गण्डकीका १८ निर्वाचन क्षेत्रमा ३० जना स्वतन्त्रसहित २३४ जना उम्मेदवार चुनावी मैदानमा छन् । सबैभन्दा बढी कास्कीमा १८ र सबैभन्दा कम मनाङमा ३ दलले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशभर २१ हजार ६ सय ९३ अस्थायी मतदाता रहेका र उनीहरूका लागि १७ वटा अस्थायी मतदान केन्द्र तोकिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad